स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस गरेको हो ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलको १२ फागुनबाट अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस गरिएको हो । स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य एक जना सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रुपमा पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य हुनुहुन्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव हुनुहुन्छ ।स्वास्थ्य सचिव डा. रोशन पोखरेलको १२ फागुनबाट अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस भएको हो ।
सेवा प्रवेशको आधारमा हेर्दा तीन जनामध्ये सबैभन्दा अगाडि २०५३ सालमा डा विकास देवकोटा प्रवेश गर्नुभएको हो ।त्यसपछि डा टंक बाराकोटी २०५६ सालमा मेडिकल अधिकृतका रुपमा सेवा प्रवेश गर्नुभएको हो । डा. संगिता २०५७ सालमा सेवा प्रवेश गर्नुभएको हो । एक वर्ष काम गरेर जागिर छाड्नुभएको थियो ।
डा.संगीताले २०७० असोज १० गते खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकाल्दै पुन स्वास्थ्य सेवामा काम सुरु गनुृभएको हो । त्यसयता मिश्राले कोशी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुख तथा विभागको महानिर्देशक भएर काम गर्नुभएको छ ।
डा देवकोटाले लुम्बिनी प्रदेश सचिव भइसक्नुभएको छ । डा. देवकोटाले हाल स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी समालिरहनुभएको छ ।
डा टंक बाराकोटी पनि मेडिकल अधिकृतदेखि विभिन्न जिल्लाको निर्देशक हुनुभएको थियो । लामो समय मेची अस्पतालमा काम गरेका डा बराकोटी १२औं तह बढुवा भएपछि मात्र मन्त्रालयमा आउनुभएको हो
प्रतिकया दिनुहोस्