जनस्वास्थ्य अधिकृत आर्चाय बने निजामती कर्मचारी संगठन लुम्बिनीको अध्यक्ष

स्वास्थ्यसमाचार/जनस्वास्थ्य अधिकृत नेत्रप्रसाद आचार्य नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश अध्यक्षमा निर्बाचिन हुनु भएको छ ।

बुटवलमा सम्पन्न दोस्रो अधिवेशनले बुटवलका नेत्रप्रसाद आचार्यको नेतृत्वमा २१ सदस्यीय लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको संगठनका निवर्तमान अध्यक्ष खगराज उपाध्यायले जानकारी दिनुभयो ।

प्रदेश समितिको उपाध्यक्षमा टुक बहादुर रोका र नन्दा कुमारी नेपाली, महासचिव भिमलाल ज्ञवाली, सचिवमा जयराम खड्का, शिवराज न्यौपाने र मोहनसिंह सुनार, कोषाध्यक्षमा श्रीराम पाण्डे रहनु भएको छ ।

यस्तै गरी सदस्यहरुमा जंगबहादुर नेपाली, गुप्त बहादुर पुन, अनिल कुमार शर्मा, ठगिश्वर पोखरेल, विष्णुप्रसाद बस्याल, हरिप्रसाद पन्थी, नारायण थापा, विमला पौडेल, नविन पाण्डे रहनुभएको छ।

यस्तै लेखा समिति संयोजकमा शोभाखर ज्ञवाली र सदस्यहरुमा बाबुराम न्यौपाने र ढालबहादुर जिसी रहनु भएको छ । प्रदेश अधिवेशनको बुटवलमा उद्घाटन  प्रदेश सरकारका मन्त्री भूमिश्वर ढकालले  गर्नु भएको हो ।

कार्यक्रममा  कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भबानी दाहाल उपाध्यक्ष रेबन्त गौतम, उपाध्यक्ष प्रभास साह लगायतले संघीय ऐन छिटो ल्याउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा संगठनका केन्द्र, प्रदेश र जिल्लाका विभिन्न तहका कर्मचारीहरु सहभागी थिए । संगठनका नेताहरु कमल पराजुली, कल्पना थापा, खगराज पोखरेल, बसन्तकुमार श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

सम्बन्धित शिर्षक :