आम्दामा आमा सुरक्षा कार्यक्रमका लागी बुटबल छुटायो १ करोड बजेट

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको १५ औ अधिवेशन बजेट, विभिन्न ऐन संसोधन र विधेयक पारित गर्दै सकिएको छ ।असार ५ गते शुरु भएको १५ औ अधिवेशन बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) छलफलसहित सर्वसम्मतिले पारित गर्दै जेठ ९ गतेको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट पास गरेको छ ।

अधिवेशनले नगर प्रहरी ऐन बनाएको छ भने छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलश्रोत उपयोग ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, सहकारी ऐन, शिक्षा ऐन संसोधन गरेको छ ।

बुटवलको नगर सभाले लोकसेवा आयोगबाट नगर प्रहरीको भर्ना लिने गरी नगर प्रहरी ऐन बनाएको छ । यस्तै अन्य ऐनहरु आवश्यकता र जनचाहनाबमोजिम संसोधन गरेको नगर प्रमुख खेलराज पाण्डेयले वताउनु भयो।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बुटवलले बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क उपलब्ध गराउने, जेष्ठ नागरिक लक्षित बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तरगत गर्भवती महिलालाई निशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ ।

सम्बन्धित शिर्षक :