रोल्पामा अस्पतालमा १ सय ३७ महिलाको पाठेघरको शल्यक्रिया

स्वास्थ्यसमाचार/ प्रदेशको रोल्पा जिल्लामा १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । ३ दिन सम्म जिल्ला अस्पताल रोल्पा रेउघामा आयोजना गरिएको पाठेघर खस्ने समस्या भएका १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको गरिएको हो ।

गत असार असार ६ गतेदेखि सञ्चालन गरिएको पाठेघर खस्ने समस्या भएका बिरामी महिलाको निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको थियो ।उक्त शिविरबाट रोल्पाका ७७ जना, रुकुम पूर्वका २१ जना र प्युठानका ३९ जना गरी तिन जिल्लाका करिब १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया सेवा पाएका छन ।

प्रदेशको स्वाथ्य निर्देशनालयको आयोजनामा गरिएको शिविरमा प्राविधिक सहयोग नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेले गरेको थियो ।

यस्तै समन्वय तथा व्यवस्थापन रोल्पा अस्पताल रेउघा रोल्पा, स्वाथ्य कार्यालय रोल्पा, रुकुम पुर्व र प्यूठानको सहित स्थानीय पालिका हरुको समेत समन्वय रहेको प्रदेशको स्वाथ्य निर्देशनालयका परिवार नियोजन सुपरिवेक्षक निरीक्षक कौशल कुमार भण्डारीले जानकारी दिए ।

सम्बन्धित शिर्षक :