स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा पव्लिक हेल्थ नर्सिङ छैटौँ तहमा कार्यरत नर्स कल्पना पौडेलमाथि अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
परिवार नियोजनको शिविर सञ्चालन गर्ने क्रममा सरकारी रकम हिनामिना गरेको आरोप लगाएको छ । भ्रष्टाचार गरेको आरोपपछि अनुसन्धान हुँदा पौडेलले परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र र्पुयाउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी रू ८१,००० को फर्जि भरपाई संलग्न गरी सरकारी रकम हिनामिना गरेको पाइयो अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
अख्तियारले उनी विरुद्ध सरकारलाई हानिनोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको ८१ हजार विगो कायम गरी मुद्धा दायर गरेको छ ।नेपाली हेल्थवाट साभार ।
प्रतिकया दिनुहोस्