सहमहामन्त्री यादवलाई भेट्न कांग्रेस नेताहरू ट्रमा सेन्टरमा

यादवलाइ खुकुरी प्रहार गर्ने श्याम सापकोटा पक्राउ

स्वास्थ्यसमाचार/ खुकुरी प्रहारबाट घाइते भएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न पार्टीका नेताहरू ट्रमा सेन्टर पुगेका छन् ।यादवलाई भेट्न आनन्द ढुंगाना, उदयशमशेर राणा, शंकर भण्डारी, चित्रलेखा यादव, सरिता प्रसाईंलगायत कांग्रेस नेताहरू उपचारत ट्रमा सेन्टरमा पुगेका हुन् ।

सहमहामन्त्री यादवमाथि बुधवार काठमाडौंमा खुकुरी प्रहार भएको थियो । दिउँसो रिर्पोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो ।

यादवलाइ खुकुरी प्रहार गर्ने श्याम सापकोटा पक्राउ परेका छन् । नुवाकोट विदुर नगरपालिको ४७ वर्षका श्याम सापकोटाले खु्कुरी हानेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए । पक्राउ परेका सापकोटाले आफूलाई राजावादी भएको बताएका छन् ।

सम्बन्धित शिर्षक :