कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई आइसियु बेड हस्तान्तरण गरेको छ ।

नेपाली सेना शमशेरदल गण, बुद्धभूमि नगरपालिका र समुदायले बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सञ्चालन गरेको उपचार केन्द्रलाई २ थान आइसियू बेड ९उपकरण बाहेक सहितका सामग्री हस्तान्तरण गरिएको छ ।

उपचार केन्द्रलाई थप व्यवस्थित गर्नका लागि सामग्री सहयोग गरिएको लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताउनुभयो । सर्पदंशको उपचारमा उत्कृष्ट योगदान रहेकाले पहिलो पटक उपकरण सहयोग गरिएको मन्त्री पन्थीले बताउनुभयो ।

प्रदेश सरकारबाट केन्द्रलाई अक्सिजन सिलिन्डर ८ थान, अक्सिजन कन्सनट्रेटर ४ थान र बिरामी परीक्षण गर्ने बेड १ थान समेत सहयोग भएको केन्द्रका व्यवस्थापक नविन भण्डारीले बताउनुभयो ।

उपचार केन्द्रलाई आधुनिक उपकरणको व्यवस्थापन गर्न मन्त्री पन्थीसँग पहलगरी सामग्री सहयोग भएको स्थानीय समाजसेवी दिनेश बन्जाडेले बताउनुभयो ।

 

सम्बन्धित शिर्षक :