सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा बाल रोग विशेषज्ञ सेवा विस्तार

स्वास्थ्यसमाचार /भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालको सेवा बिस्तार गर्दै बिरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिइरहेकोछ ।अस्पतालले विभिन्न सेवा सुविधा निरन्तर रुपमा दिदै आएकोमा यही माघ ८ गते आईतबार देखि लामो अनुभव प्राप्त डाक्टर प्रत्युष ज्ञवाली पनि यस सिद्धार्थनगर सिटी हस्पिटलमा ओ.पि.डी तथा बाल रोग संग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उदेश्यका साथ सेवा नियुक्त हुनुभएकोछ ।

निःसन्तान दम्पतिका लागि IVF सेवा संचालन गर्दै आईरहेको यस सिद्धार्थनगर सिटी हस्पिटलमा सुरक्षित गर्भाधारण तथा सुरक्षित डेलिभरीका लागि बालरोग तथा महिला रोग सम्बन्धी सेवाको विशेष भुमिका रहेको हुदा बाल रोग, महिला तथा प्रसुति रोगका साथै सुविधा सम्पन्न १२ वेड रहेको NICU सेवा विस्तार गरेको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताउनुभयो ।

यस हस्पिटलले वर्षौ देखि सन्तान नभएर चिन्तित भईरहेका निः सन्तान दम्पतिहरुको लागि बावु आमा बन्ने अवसर प्रदान गर्नको लागि IVF सेवा तथा प्रसुति तथा लामो अनुभव प्राप्त महिला रोग सम्बन्धी विशेषज्ञ डा.ज्योति राना द्धारा महिलाहरुमा रहेका विभिन्न किसिमका स्त्री रोगहरुको सफल उपचार सेवा संचालन गरिरहेकोमा नवजात शिशुको स्वास्थ्य लाई ध्यानमा राखि विभिन्न प्रतिस्ठित हस्पिटलहरुमा लामो अनुभव प्राप्त बाल रोग विशेषज्ञ सेवा प्रदान गर्दै आईरहनुभएका विशेषज्ञ डा.उदय सिंह रहेकोमा यही माघ ८ गते देखि अनुभव प्राप्त डा.प्रत्युष ज्ञवाली पनि आवद्ध भएर सेवा प्रवाह गर्ने हस्पिटल स्रोतले बतायो ।

हालसम्म बाल रोग विभाग अन्तर्गत डा. उदय सिंहले सेवा प्रदान गर्दै आएकोमा सबै बिरामी तथा अविभावकको माग र सुविधा लाई मध्यनजर गर्दै हरेक दिन जुनसुकै समयमा सेवा दिन सक्ने गरि ओ.पि.डी सेवा बिहान १० बजे देखि बेलुका ६ बजे र अत्यावश्यक सेवा २४ सै घण्टा संचालन हुने भएकोछ यस हस्पिटलले संचालन गरेको NICU अमेरिकामा निर्मित अत्याधुनिक मेसिन युक्त अन्तराष्ट्रिय मापदण्डमा निर्मित यस प्रदेशमा नै पहिलो सुविधा सम्पन्न NICU हो यस सुविधा सम्पन्न ल्क्ष्ऋग् अन्तर्गत १२ बेड रहनुका साथै ४ वटा भेन्टिलेटर संचालनमा रहेका छन, ।

नवजात शिशुको स्वास्थ्य लाई ध्यानमा राखेर उनिहरुलाई आवश्यक पर्ने तापक्रम Maintain गर्नको लागि Central AC को व्यवस्था गरेकोछ । त्यसैगरि फोटो थेरापी सेवा, सि प्याप सेवा पनि उपलब्ध रहेको यस NICU मा काम गर्ने कर्मचारीहरु तालिम प्राप्त तथा दक्ष रहेकाले हाल सम्म धेरै बिरामीहरु निको भएर घर गएका र आगामी दिनहरुमा अझ स्तरिय सेवा प्रदान गर्न तत्पर रहेको स्रोतको भनाईछ ।

स्वच्छ सफा,एकान्त सान्त तथा पारिवारिक वातावरणमा बच्चा जन्माउन चाहने आमाहरु लाई लक्षित गरि मोडुलर OT अत्याधुनिक ल्याव,मेसिन तथा, अनुभवी डाक्टर, तालिम प्राप्त दक्ष नर्सहरुबाट सुरक्षित प्रसुति सेवा प्याकेज संचालन गर्दै आएकोछ । सुरक्षित प्रसुति सेवामा जटिलता आएमा नवजात शिशुको लागि अन्तराष्ट्रिय मापदण्डमा निर्मित NICU मा सेवा तथा आमाको लागि मोडुलर ICU मा सेवा पनि उपलब्ध रहेकोले ढुक्क भएर सेवा लिन सकिने पनि स्रोतले बतायो ।

वरिष्ठ महिला रोग विशेषज्ञ डा. ज्योति राना द्धारा प्रत्येक दिन स्त्री तथा प्रसुति सम्बन्धी सेवा प्रदान भईरहेकोे यस अस्पतालले क्ष्ख्ँ सेवा लाई नियमितता दिदै आईरहेको छ । IVF सेवामा पनि देश तथा विदेशमा लामो अनुभव प्राप्त चिकित्सकको टिम तथा अत्याधुनिक मेसिन औजारहरु रहेको सेवाले यस क्षेत्रका निसन्तान दम्पतिमा,महिला तथा पुरुषमा हुन सक्ने समस्या÷कारण पत्ता लगाई यसको समाधानको लागि प्रयत्न गर्ने गरेकोछ । यसलाई सफलता दिनकोलागि हस्पिटलले यस केन्द्रमा विभिन्न किसिमका प्रजनन स्वास्थ्य तकनिकहरु जसरी IVF सेवा दिईने अस्पताल स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षक :