शुद्धोधनका शिक्षकहरुलाई मानसिक स्वास्थ्य समन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार /शुद्धोधन गाउँपालिका रुपन्देहीले बिद्यालयका शिक्षकहरुलाई मानसिक स्वास्थ्य समन्धी अभिमुखीकरण तालिम दिएका छन। गाउापालिका मित्र रहेका १८ बटा बिद्यालयका शिक्षकहरुलाई मानसिक स्वास्थ्य समन्ध तालिम दिएको हो ।

बिद्यालयका शिक्षकालाई मानसिक रोगबारे जानकारी गराए पुरै बिद्यार्थीहरु लाई यसबारे थाह हुने र रोकथामको लागी सहज हुने भन्दै यो तालिम दिएको शुद्धोधन गाउापालिका स्वास्थ्य शाखा संयोजक नन्दाराम पौडेले बताए। तालिममा मानसिक रोग बिशेषज्ञ डा मनोजन ढुगानाले उनीहरुलाई मानसिक रोग के हो कस्तोलाई लाग्छ के कारणले यो बढदै गएको र रोगथामका उपया बारे जानकारी गराएका थिए ।

डा ढुगानाले ४ जना मध्ये १ जनामा यो मानसिक रोग भएको बताए । उनले जनसंख्याको २५ प्रतिशतमा यो मानसिक रोगको समस्या भएको बताए । डा ढुगानाले ३ सय ६३ जना उपचारमा आएका मध्ये ६२ प्रतिशत रक्सीको कारण देखीएको बताए । नेपालमा हुने आत्म हत्या ८० प्रतिशत डिप्रेशनको कारण भएको बताए । अभिमुखीकरण कार्यक्रममा बोल्दै सुनगाभा सामाुदायी केन्द्रका मानसिक स्वास्थ्य संयोजक अमृता थापाले मोतिपुर प्राथामिक केन्द्रमा १ सय भन्दा बढी ले मानसिक रोगको औषधी खाने गरेको भएपनि अहिले त्यो संख्या घढेको बताउदै गाउापालिका स्वास्थ्य शाखाले ध्यान दिनु पर्ने बताईन ।

लामो समय सम्म औषधी खानुपर्ने पर्ने भएको बताउदै थापाले एक जनाको प्रयासले नहुने भन्दै सबैले सहयोगको सहयोग आबश्यक भएको बताईन । कार्यक्रममा शुद्धोधन गाउँपालिका स्वास्थ्य सह संयोजन प्रेमनारायाण सुबेदी लगायलेबोलेका थिए ।

सम्बन्धित शिर्षक :