पाल्पामा नवजात शिशु अस्पतालबाटै गायब

स्वास्थ्यसमाचार/पाल्पामा नवजात शिशु अस्पतालबाटै गायब भएको छ । लुम्बिनी मेडिकल कलेजमा शुक्रबार जन्मिएको शिशु गायब भएको हो ।

तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले वताए ।

शुक्रबार जमुनाले बिहान ११ बजे जन्माएको छोरा दिउँसो करीव तीन बजेतिर हराएको हो । अर्धचेत अवस्थामा रहेकी जमुनालाई उनकी आमाले झोलिलो खानेकुरा लिन क्याण्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन् ।

उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने वहानामा सँगै गएको बताइएको छ । शिशु आफुले ल्याइदिने बाहना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ ।जमुनाकी आमा छोरी संग पुगेको केही समय सम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो । सो घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।कालिगन्डकी खबरबाट

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :