रुपन्देहीमा ६२-६४ वर्ष उमेरका ९ हजारले लगाए भेरोसेल खोप

स्वास्थ्यसमाचार/  रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप ९ हजारले लगाएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार जिल्ला भित्र रहेका १६ पालिका ९६ खोपकेन्द्र मार्फत ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाएका हुन ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार बुटबल उपमहानगर पालिकामा २२सय ८१ लक्ष्य भएकोमा २१ सय ३० जनाले खोप लगाएका छन ।त्यस्तै देवदहनगरपालिकामा८ सय ५६लक्ष्य भएपनि ६सय ७ जनाले खोप लगाएका छन । तिलोत्तमा मा १६सय १४ लक्ष्य भएपनि१५सय ५३ जनाले खोप लगाएका छन ।लुम्बिनी सांस्कृतिक नगरपालिकामा १४सय ५४ लक्ष्य भएपनि २सय ४६ जनाले खोप लगाएका छन ।

सैनामैना ९सय १५ लक्ष्य मध्ये ९सय १५ जनाले खोप लगाएका छन ।सिद्धार्थनगरपालिकामा ७सय ९७ यस्तै गैडहवामा २सय २८, कञ्चनमा ३सय ५९ कोटहीमाई गाउँपालिकामा ६१ मर्चबारी गाउँपालिकामा ८९ मायादेबि गाउँपालिकामा ३ सय १३ ओमसतियामा ४सय १५ रोहिणीमा ३सय८८ सम्मरीमाईमा ८८ सियारी गाउँपालिकामा३सय ९० शुद्धोधनमा ४सय ११ गरि जम्मा ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप लगाएका छन।

जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य भएपनि ९ हजारले लगाएका छन । भने खोप खेरजाने दर न्युनरहेको डा गिरीले बताए । स्वास्थ्य प्रमुख गिरीले भने नगरपालिकामा र धेरै गाउँपालिकामा उत्साह जनकरुपमा खोपलगाएका छन भने केहि गाउँपालिकामा निकै कम खोप लगाएको बताए । पहिलो मात्रामा भेरोसेल (चाइनिज) खोप १ दिनको लागीमात्र लगाईने कार्यक्रम रहेको प्रमुख गिरीले बताए ।

सम्बन्धित शिर्षक :