स्वास्थ्यकर्मि आक्रमणका दोषिलाई कडा कारवाही गर: स्वास्थ्य प्राविधिक संघ

स्वास्थ्यसमाचार /भेरी अस्पताल नेपालगञ्जमा कोभिड बिरामीको सेवामा उपचारमा चिकित्सक तथा नर्सिङ स्टाफ माथी भएको आक्रमणको नेपाल स्वास्थ्य प्राविधिक संघले दोषीलाई कडा कारवाही गर्न र भविष्यमा यस प्रकारको घटना पुनः दोहोरिन नदिन माग गरेको छ ।

नेपाल स्वास्थ्य प्राविधिक संघका महासचिब भाष्कर आत्रेयले आज एक बिज्ञेप्ती जारी गरी हिजो राती कोभिड बिरामीको उपचारमा सङ्ग्लग्न भेरी अस्पताल नेपालगंज को कोभिड वार्डमा सेवारत चिकित्सक तथा नर्सिङ स्टाफ माथी हातपात र तोडफोड घटनाले मर्माहित र स्तब्ध बनाएको छ ।

बिपद्को यस घडीमा मानबिय समबेदना समेतको ख्याल नगरि स्वास्थ्यकर्मी माथी हुने दुव्र्यवहारले कोभिड नियन्त्रणमा स्वास्थ्यकर्मीहरुलाइ निरुत्साहित गर्नेकाम गरेको छ । दोषीलाई कडा कारवाही गर्न र भविष्यमा यस प्रकारको घटना पुनः दोहोरिन नदिन माग गरदछौ उक्त बिज्ञेप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक :