लुम्बिनी प्रादेशिक अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जनामध्ये तीनजना रुपन्देहीका र एकजना अर्घाखांचीका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार वैशाख २८ गते भर्ना भएका सियारी–३ रुपन्देहीका २९ वर्षिय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ ७ः२७ बजे मृत्यु भएको हो ।

यस्तै, जेठ २ गते भर्ना भएका खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति १२ः०४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै, जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षिय पुरुषको सोमबार साँझ ५ बजे प्रादेशिक अस्पतालको इमर्जेन्सीमा र बुटवल–१२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पताल पु¥याएलगत्तै मृत्यु भएको डा. गौतमले बताए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २६५ पुगेको छ ।

सम्बन्धित शिर्षक :