प्रदेश प्रयोगशाला रोकिएको ५ हजार स्वाव परिक्षण सुरु

नया अटोमेटीक मेशिन जडान र पुरानो मर्मत गर्दा १ हप्ता ढिलाई भयो : चौधरी

स्वास्थ्यसमाचार /प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिगत १ हप्तादेखी कोरोना भाईरस होकि होईन भनेर स्वाव संगलन गरि जम्मा भएको ५ हजार जनाको स्वाव आजबाट परिक्षण हुन सुरु भएको छ ।

मेसीमा आएको समस्या र नयाँ अटोमेसीन जडानको कारणले स्वाव परिक्षणमा ढिला भएको प्रदेश जनस्वास्थ्य प्रयोशलाका निमित्त निर्देशक बरिष्ठ जनस्वास्थ प्रशासक रोशनलाल चौधरीले बताए ।भैरहवाको गहुवालीभित्र रहेको उक्त प्रयोगशालामा ११ जिल्लाका करिब ५ हजार जनाको स्वाव जम्मा भएको छ ।

निमित्त निर्देशक चौधरीले भने पुरानो मेसीनमा परिक्षण गर्दा केहि समस्या आएकोले त्यो मेसीन र्सेबिसंग र नयाँ अटोमेसीन जडान गर्न समय लागेकोले बिगत १ हप्तादेखी स्वाव परिक्षण गर्ने नसकिएको र आज २ हजार स्वाव काठमान्डौ पठाईएको छ भने ३ हजार यहि परिक्षण गर्न सुरु गरिएको चौधरीले बताए ।

अन्यकारण भन्दा पनि मेसीनको कारण समस्या भएको बताए ।उनले भने अब को २ दिनभित्रमा पुराना सबैको रिपोट आउने बताए । उनले जनशक्ती अभाब नभएको बताउदै केहि दिनको लागी किट भएपनि त्यसपछि समस्या हुने भएकोबताए ।

चौधरीले भने बजेट अभाब छ अटोमेसीन संञ्चालन गर्दा दैनीक ५ लाख खर्चहुन्छ त्यसमा दैनीक १ हजार जनाको स्वाव परिक्षण गर्न सकिन्छ ।

तर सरकारसंग बजेट माग २ करोड गरेपनि जम्मा २० लाख मात्र बजेट बिनियोजन भएकोले बजेट अभाब हुने देखीएको बताए ।समन्धीत निकायको समयमै ध्यान जानुपर्ने देखीएको चौधरीले बताए ।

अहिले पुरानो मेसीनबाट १ सय देखी १सय ५० सम्म परिक्षण हुनेमा अब नयाँ अटोमेटीबाट दैनीक १ भन्दा बढी र चौबिसघन्टा नै संञ्चालन गर्न सकिने बताए ।

सम्बन्धित शिर्षक :