भिम अस्पतालमा बेसार,ज्वानो पानी, चिया र अण्डा वितरण शुरु

स्वास्थ्यसमाचार/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धाथनगर नगर कमिटि रुपन्देहीले कोरोनाको संक्रमण भएर भिम अस्पतालमा रहेका विरामीका लागि निःशुल्क तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण शुरु गरेको छ ।

शनिवारबाट शुरु गरिएको वितरण कार्यक्रमलाई केहि दिनसम्म निरन्तरता दिने माओवादी केन्द नगर कमिटिले जानकारी दिएको छ । दिनको तिन पटक विहान ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ देखि २ बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म विरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण गरिने पार्टीका नगर ईञ्चार्ज डार्विन रोक्का मगरले जानकारी दिए ।

कोरोनाका कारण अस्पतालमा भर्ना भएका विरामी र उनका कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानिय बजारमा निषेधाज्ञा जारि भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न शुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी न्यौपानेले बताए ।

वितरण कार्यक्रम पार्टीको नगर कमिटि, जनबर्गिय संगठन वाईसिएल नेपालले संयुक्त रुपमा संचालन गर्ने पार्टीको नगर कार्यालयले जनाएको छ । माहामारीको बेलामा आपत्तमा परेका विरामीहरुका लागि मानवताको हिसावले सहयोग गरिएको पार्टीका नेता फैज अहमद खानले जनाए । सो पार्टीले अस्पतालमा शुरु गरिएको वितरण कार्यक्रमलाई सफल पार्नका लागि सवैले आआफ्नो क्षेत्रबाट सहयोग पुराउन पनि अनुरोध गरेको छ ।

 

 

सम्बन्धित शिर्षक :