भिम अस्पतालमा आकस्मिक भवनको मूख्यमन्त्री पोखरेलद्धारा उद्घाटन

स्वास्थ्यसमाचार /लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको अत्याधुनिक सुविधा सहितको लिलाराम न्यौपाने आकस्मिक भवन भिम अस्पताललाई हस्ताण्तरण गरे ।

मूख्यमन्त्री पोखरेलले बिभिन्न चन्दा आतंकबाट पिडित भएको गुनासो गर्ने ब्यवसायीलाई यस्तै दिगो प्रकृतिको सामाजिक कार्यमा लगानी गर्न आग्रह गरे ।
भित्र विरामी जाँच हुन्छ बाहिर सटरमा रिफर हुने हुदा यसैको सुधारका लागि रातारात सटर भत्काएको मुख्यमन्त्री पोखरेलले बताए ।

कोभिडले राज्यको स्वास्थ्य संस्थाहरुको अवश्था छताछुल्ल बनाई दिएको स्विकार गरे । अबको दिनमा स्वास्थ्य सेवाको सुधार गर्ने पर्ने आवश्यकता औल्याउदै उनले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालको रुपमा निर्माण गर्ने बताए ।उनले ५० शैयाको लागी सबै भन्दा आवश्यक भौतिक पूर्वाधार नै रहेको हुदा यसैमा प्रदेश सरकारले जोड दिएको बताए ।

पोखरेलले लुम्बिनी प्रादेशिक अस्पताललाई यहाँका विरामी काठमाण्डौ जान नपर्ने हिसाबको रुपमा बनाउन लागेका छौ । त्यस्को तयारीका लागि संरचना बनाउन लागेको छ, विर अस्पताल पछि सबै भन्दा बढि विरामी प्रादेशिक अस्पतालमा आउने भएपनि अस्पताल भित्रको सेवा कमजोर भएर नै अस्पतालका सटर भत्काएको बताए ।

मुख्यमन्त्रीले भने भित्र विरामी जाँच हुन्छ बाहिर सटरमा रिफर हुने हुदा यसैको सुधारका लागि रातारात सटर भत्काएको मुख्यमन्त्री पोखरेलले बताए ।
मूख्यमन्त्री पोखरेलले भिम अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एकराज विश्वकर्मालाई उक्त भवन हस्ताण्तरण गरेका हुन । यससंगै भिम अस्पतालको सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।भैरहवाबाट नै ब्यवसायिक जिवन सुरु गरेको लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले भैरहवामै पनि थुपैै्र सामाजिक कार्य गरेको छ ।

त्यसैमध्येको एक हो भैरहवामा निर्माण भएको भिम अस्पतालको आकस्मिक भवन ।विपन्न परिवारहरु दुर्घटना लगायत अन्य कारणले अकालमै मृत्यु नहोस भन्ने उद्देश्यले प्रतिष्ठानले भिम अस्पताल परिसरमा आधुनिक सुविधा सहित दुई तल्ले आकस्मिक भवन निर्माण गरि दिएको छ । भवनमा कतिपय निजि अस्पतालहरुमा नभएको सुविधा पनि रहेको अस्पताल प्रशासनको भनाई छ ।
३ करोड २५ लाख बढी लागतमा तयार भएको भवनमा आकस्मिक सेवा साथै भेन्टिलेटर सहित आईसियु कक्ष समेत रहेको छ । प्रतिष्ठानले सुदिप निर्माण सेवालाई ठेक्कामा दिएको थियो ।

१ करोड ७० लाख लागतमा भवन, १ करोड ५० लाखको सामाग्रीहरु रहेको छ । यस्तै ३० लाखको लिफ्ट पनि उक्त भवनमा निर्माण हुने भएको छ । सम्पन्न भएको भवनको पहिलो भुई तल्लामा अति गम्भिर खालका बिरामीहरुका लागी २४ घण्टे आकस्मिक सेवा प्रदान गरिने छ ।भुई तल्लामै प्रकोप ब्यवस्थापन कोठा पनि रहेको छ । अहिले कोरोनाबाट पाठ सिक्दै बिभिन्न प्रकोपजन्य रोगहरुको ब्यवस्थापनको अग्रिम तयारी गरिएको छ ।

यस्तै भुई तल्लामै साधारण अपरेशन कक्ष, आईसोलेसन, ड्युटिरुम र युटिलिटि रुम रहेको छ ।पहिलो तल्लामा २ वटा अत्याधुनिक भेन्टिलेटर सुविधा सहितको ४ शैयाको आईसियु कक्ष, महिला र पुरुषहरुको लागी ५÷५ वटा अलग अलग शैया, प्रतिक्षा केन्द्र लगायत संरचना तयार भएको छ ।भवन हस्तान्तरण गर्दैसोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राज्यको पहिलो दायित्व नै नागरिकको अकाल मृत्युबाट हुन रोक्नु भएको बताए ।

कार्यक्रममा लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानका संरक्षक कुन्तीदेवी न्यौपाने, अध्यक्ष शोभाकर न्यौपाने, दुर्गा प्रसाद न्यौपाने, टिकाराम न्यौपाने लगायतको उपस्थिति रहेका थियो । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री दिपक बोहरा, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, कृष्ण न्यौपाने, सिद्धार्थनगर नगर पालिकाका मेयर हरि प्रसाद अधिकारी लगायतले बोलेका थिए ।

भीम अस्पतालले हाल ओपिडि सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा (खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको अस्पतालका मेसु डा शकुन्तला गुप्ताले बताईन ।

सम्बन्धित शिर्षक :