न्यौपाने प्रतिष्ठानले वनाईदियो भिम अस्पतालमा आकस्मिक भवन

स्वास्थ्यसमाचार /रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अत्याधुनिक आकस्मिक भवन (इमरजेन्सी ब्लक) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान काठमाण्डौं–७, सिफलचौरको सहयोगमा भवन निर्माण भएको हो ।

२०७६ मंसिर ६ गते भवनको शिलान्यास गरिएकोमा अब फागुनको अन्तिम साता वा चैतको पहिलो साता अस्पताललाई भवन हस्तान्तरण गरिने लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले जनाएको छ । सामाजिक संस्थाको रुपमा रहेको प्रतिष्ठानले स्वास्थ्य

सेवामा पहुँच नभएका नागरिकहरुलाई पनि न्यूनतम सेवा सुविधा पु¥याउने उद्देश्यले भवन निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष हरि न्यौपानेले बताए ।दुईतले भवन निर्माणका लागि २ करोड बढी र उपकरणमा डेढ करोड बढी लागेको उनले जानकारी दिए ।

‘शिलान्यास भएको एक वर्षमै अस्पताललाई आकस्मिक भवन हस्तान्तरण गर्ने लक्ष्य थियो, कोभिड–१९ का कारण केही समय अझै लाग्यो, भीम अस्पतालमा नमूना आकस्मिक भवन बनाउनका लागि भवनमा गुणस्तरीय सामाग्री राखिएको छ, ’उनले भने । लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

आकस्मिक भवनमा २५ वटा बेड जसमध्ये दुईवटा आइसीयू र अत्याधुनिक भेन्टिलेटरसहितको बेड, माइनर ओटी, उपचारको क्रममा लाग्ने औषधी, एबीजी मेशिन, मेडिकल ग्यास पाइपलाइन सिस्टम जस्ता सुविधा रहेको भीम अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार इमरजेन्सी ब्लकमा रहेका प्रत्येक बेडमा अक्सिजन सप्लाई पुगेको छ । भवनमा लिफ्ट समेत जडान गरिने उनले जानकारी दिए । अस्पतालमा दैनिक २ सय विरामी आउने गरेको र जसमध्ये एकतिहाई विरामी इमरजेन्सी वार्डमा आउने गरेको डा. पोखरेलले बताए । अस्पतालमा आकस्मिक सेवा राम्रो होस् भन्ने उद्देश्यले लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले उदाहरणीय कार्य गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे ।

१९९० सालमा ३ शैयाबाट स्थापित भीम अस्पताल २०३५ सालमा १५, २०४१ सालमा २५ शैया र हाल ५० शैयाको स्वीकृति पाएको छ । अस्पतालका मेसु डा शकुक्तला गुप्ताले भनिन अब यो भबन उपकरण सम्पन्न भएपछि उपचारमा ठाउको अभाब अत्याधुनिक उपकरण ले उपचारमा थपसहज मिल्ने बताईन ।

सम्बन्धित शिर्षक :