लुम्बिनी प्रदेश: ४२ हजार बढीले लगाए दोश्रोचरणमा कोरोना विरुद्धको खोप

प्रदेशमा दोश्रो चरणको खोप ९० प्रतिशत वढी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा दोश्रो चरणको कोरोना बिरुद्धको खोप ४२ हजार ५ सय १० जनाले लगाएका छन।

दोश्रो फेजमा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मि तथा स्वास्थ्य स्वयमसेबिका ,स्थानिय सरकारका जनप्रतिनिधी र कर्मचारी लगाएका ब्यक्ती सिमा सुरुक्षामा खटिएका सशत्रप्रहरी बैड तथा बित्तीय संस्थामा कार्यरत कर्मचारी,न्याय सेवा समुहका कर्मचारी,पत्रकारहरुलाई कोरोना बिरुद्धको दोश्रो फेजको खोपलगाईएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीका अनुसार रुपन्देही जिल्लामा ७५सय६ कपिलबस्तुमा ६१सय ५४ दाडमा ४३सय ३३ वाकेमा ४८सय ६६ वर्दियामा ४७सय७६ पश्चिम नवलपरासीमा ३५सय ८९ अर्घाखाचीमा १८सय ६०पाल्पामा २४सय ६० गुल्मीमा २४सय ३० पुर्विरुकुममा ४सय १० रोल्पामा १९सय७६ प्युठानमा १९सय ७९ जनाले कोरोना बिरुद्धको खोप लगाएको बताए ।

डा गिरीले भने अहिले लुम्बिनी प्रदेशमा लक्ष्यभन्दा बढीले कोरोना बिरुद्धको खोपलगाएको बताए। रुपन्देहीमा ९० प्रतिशत भएको छ भने कपिलबस्तु दाड वाके बर्दिया नबलपरासीमा १०० प्रतिशत अन्य जिल्लामध्ये रुकुममा ८० प्रतिशत र अन्यमा ९० भन्दा बढी प्रतिशत रहेको डा गिरीको भनाई छ ।

प्रयोगमा ल्याईएको कोरोना बिरुद्धको खोप खेरजाने दर न्युन रहेको बताए ।उनले लुम्बिनी प्रदेशमा २५ खोपकेन्द्र रहेकोे बताए ।लक्ष्य४४ हजार २सय २३ भएपनि ४२ हजार ५ सय १० जनाले खोप लगाएका छन ।

लुम्बिनी प्रदेशमा दोश्रो चरणको खोप ९० प्रतिशतभन्दा बढीले खोपलगाएको डा गिरीको भनाई छ।।

 

सम्बन्धित शिर्षक :