लुम्बिनी प्रादेशिक अस्पतालमा म्याराथुन दौड प्रतियोगीता सम्पन्न

पुरुषतर्फ दुर्गा बहादुर सार्कि र महिला तर्फ सुस्मीता शर्मा प्रथम

स्वास्थ्य समाचार / लुम्बिनी प्रादेशिक अस्पतालको १सय ११ औ वार्षिक उत्सवको अबसरमा आज म्याराथुन दौड प्रतियोगीता सम्पन्न भएको छ ।

बुटबलको योगीकुटीबाट लुम्बिनी प्रादेशिक अस्पताल सम्म ३ किलोमिटर ६ मिटरको म्याराथुन दौड प्रतियोगीता भएको हो । योगीकुटीमा म्याराथुन दौडको अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई र अस्पतालका मेसु डा राजेन्द्र खनालले उदघाटन गरि सुरु भएको थियो । म्याराथुनमा पुरुष तर्फ दुर्गा बहादुर शार्कि प्रथम ऋषिराम चौधरी दोश्रो र बसन्त कार्कि तेश्रो भएका छन ।

महिला तर्फ सुस्मीता शर्मा प्रथम सरस्वती काफ्ले दोश्रो र बसुन्धरा भुसाल तेश्रो भएको म्याराथुन प्रतियोगिता संयोजक डा नन्दु पाठकले बताए । पुरुष तर्फ चौथो सुरेश थापा र महिला तर्फ सरिता गौतम भएको डा पाठकले बताए । अस्पतालको १ सय ११ औ वार्षिक उत्सब साता ब्यापी रुपमा मनाईदै आएको छ ।बिजेता हरु लाई अस्पतालको वार्षिक उत्सबसमारोहको अन्तिम दिन १५ गते पुरस्कृत गरिने डा पाठकले बताए ।

प्रतियोगीताका झलकहरु

सम्बन्धित शिर्षक :