लुम्बिनी प्रादेशिक अस्पताल मेसु प्रदेश सेवा समर्पण पदकबाट विभुषित

प्रदेश स्थापना दिबसको अबसरमा ५८ जना बिभिन्न पदकबाट विभुषित

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्थापना दिबस दाडको राप्ती प्राविधिक शिक्षालयलाइ गोवरडिहामा मनाईएको छ। राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन समेत गरिएको हो।

प्रदेश स्थापना दिवसका अबसरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेका चिकित्सक ल्गायका स्वास्थ्य कर्मिहरुलाई विभुषित गरिएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनाललाई कोरोना अस्पताल ब्यबस्थापन लगायका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै डा खनाललाई प्रदेश सेवा समर्पण पदकबाट विभुषित गरिएको हो ।

त्यस्तै गुल्मी जिल्ला अस्पतालमा मेसु डा उत्तम पच्या,भिम अस्पतालका डाक्टर सुमित प्रजापती लुम्बिनी आयुर्वेद अस्पतालका कबिराज विष्णु आचार्य   लाई प्रदेश सेवा समर्पण पदकबाट विभुषित गरिएको छ । यस्तै उजिरसिंह दिप पदकबाट डाक्टर चित्रप्रसाल वाग्ले(मरणोपरान्त)विभुषण गरिएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले असोज ३ गते घोषणा गरेको विभिन्न पदकबाट ५८ जनालाई विभुषित गरिएको छ ।बुद्ध शान्ति पदकबाट आचार्य डाक्टर भिक्षु अमृतानन्दलाइ मरणोपरान्त विभुषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट गुम्राह थारुलाइ मरणोपरान्त विभुषित गरिएको छ ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदकबाट खगुलाल गुरुङ, तेजमान घर्ती(मरणोपरान्त), धनमाया श्रेष्ठ(मरणोपरान्त), केवल गाहामगर(मरणोपरान्त), कृष्ण थारु(वेपत्ता) पदकबाट विभुषीत गरिएको छ ।

मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट दाङका स्व.माणिकलाल गौतमलाई प्रदान गरिएको छ । यस्तै सोही पदकबाट चिनियालाल बज्राचार्य, दयाराज बस्याल(मरणोपरान्त), मनोज चौधरी(घाईते)लाई विभुषीत गरिएको छ ।प्रदेश सेवा समर्पण पदकबाट बसुन्धरा ज्ञवाली गौतम धुर्ब धिताल, विमला रोका श्रेष्ठ, सुमित कुमार अग्रहरी, विष्णु आचार्य, प्रेमबहादुर गौतम, लक्ष्मण पन्थी, आयुस्मा अर्याल, योगेन्द्र नाथ उपाध्याय, अभय कुमार झालाई विभुषीत गरिएको छ ।

यस्तै उजिरसिंह दिप पदकबाट डिलबहादुर सिंजाली मगर, फुलेराम थारु, प्रभु सुनार, समाजसेवी श्री पदकबाट माधव अधिकारी, अर्जुन ज्ञवाली, रोमहर्ष धिताल, डाक्टर चित्रप्रसाल वाग्ले(मरणोपरान्त), खिमलाल पोख्रेल, विनय पोख्रेल, पवित्रा पौडेल, प्रभा पौडेल, सरिता खनाल, आशा अपांग केन्द्रलाई विभुषण गरिएको छ ।

यस्तै प्रदेश रत्नपदकबाट लोकेन्द्र विष्ट मगरलाई विभुषण गरिएको छ । तर, उनि पदक लिनका लागी कार्यक्रममा आएका थिएनन्। प्रदेश रत्न पदकबाट लक्ष्मीप्रसाद पुन, अर्घाखाँची सिमेन्ट प्राली, सगुन कन्स्ट्रक्सन, मार्सल रोका, भोजराज रेग्मी, पुरमल बस्नेतलाई विभुषीत गरिएको छ । पुजा श्री पदकबाट सिद्धार्थ विजनेश गु्प अप हस्पिटालिटी, बुलबुले थारु पाहुना घर, जैविक होमस्टे डल्लालाई विभुषीत गरिएको छ ।

प्रदेश प्रज्ञा पदकबाट नारायण सिंह गुरुङ, धवल पुस्तकालयलाई विभुषीत गरिएको छ । प्रजापती गौतमी पदकबाट चुन्नुमायाँ गुरुङ(मरणोपरान्त), पूर्णमाया महर्जन, रितासेन ओली, त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगलाई विभुषीत गरिएको छ । दङ्गीशरण बलिहाङ्ग पदकबाट बुदराना(लोकबहादुर राना मगर), श्यामनन्द सिंह, गोरन चौधरी(मरणोपरान्त), मोहम्मद ईलिहात खाँलाई विभुषीत गरिएको छ ।

 

सम्बन्धित शिर्षक :