लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औंं वार्षिकोत्सब साताव्यापी मनाईदै

फागुन ८ गते भलिबल प्रतियोगी सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औंं बार्षिक उत्सव साताव्यापी बिभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ ।

यस क्षेत्रको सबैभन्दा पुरानो र ठुलो अस्पतालको रुपमा परिचित यस लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागेको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका नायव सुव्वा श्रीराम पान्डेका अनुसार अस्पतालले फागुन ८ गते देखी १५ गते सम्म बिभिन्न प्रतियोगीता रक्तदान निशुल्क स्वास्थ्य शिबिर फलफुल बितरण लगायका साताब्यापी कार्यक्रम गर्दे १सय ११ औ वार्षिक उत्सव मनाउन थालिएको बताए ।

पान्डेले भने आज ८ गते भलीबल प्रतियोगीता रहेको छ । यस्तै क्रमस १५ गते सम्म बिभिन्न कार्यक्रम रहेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले भने २ जना बंगाली डाक्टरबाट सुरु भएको अस्पताल अहिले प्रदेशको ठुलो अस्पताल भएको छ ।

यसरी १सय ११ औ वार्षिक उत्सव बिभिन्न प्रतियोगीता लगायका कार्यक्रम आयोजना गरि मनाउन लागेका छौ यस अबसरमा सबैलाई बिभिन्न कार्यक्रममा सहभागी हुन आग्रह गरेका छौ खनालले भने ।अस्पतालका मात्र होईन अरुलाईपनि हामीले अस्पतालको अबस्था अब गर्नुपर्ने कामको बारेमा अस्पताल बाहिरका माहानुभाबलाई आलेख मागेका छौ ।

हामीले आफैभन्दापनि बाहिरकस्तो आउछ सुझाब सल्लाह त्यस अनुसार परिमाजीत गर्दे जाने बताए ।खनालले भने फागुन ८ गतेबाट १५ गते सम्म मनाईने बताए ।पश्चिम नेपालको सबैभन्दा ठुलो अस्पताल यस लुम्बिनी प्रादेशिक अस्पतालमा दैनीक एक हजार भन्दा बढी बिरामीले सेवा लिदै आएका छन । अस्पतालमा बिभिन्न १२ बिभागबाट सेवा दिईदै आएको अस्पतालले जनाएको छ ।

                     लुम्बिनी प्रादेशिक अस्पतालको १११ औ बार्षिकोत्सव निम्न अनुसारका कार्यक्रम 

सि.न. कार्यक्रमको विवरण मिति कैफियत
फुटवल प्रतियोगिता २०७७/११/८ बिहान ८ बजे सुरु हुने सम्पर्कको लागी

डा. किशोर खत्री

म्याराथुन/दौड प्रतियोगिता २०७७/११/१० बिहान ६ बजे देखि सुरु हुने

योगीकुटी देखि अस्पतालको गेट सम्म

सम्पर्कको लागी

डा. नन्दु पाठक

 लुम्बिनी प्रादेशिक अस्पतालको गीत/

कविता प्रतियोगिता 

२०७७/११/१२ बिहान ११ बजे वाचन

सुरु हुने

सम्पर्कको लागी

श्रृष्टि कोइराला

रक्तदान कार्यक्रम २०७७/११/१३ बिहान १० बजे सम्पर्कको लागी

सत्यराज शाक्य 

लुम्बिनी प्रादेशिक अस्पतालले पहिल्याउनुपर्ने

अबको बाटो शीर्षकको

 सार्वजनिक आलेख प्रस्तुती

२०७७/११/१३ दिउसो ४ बजे सम्म

 बुझाउनुपर्ने

सम्पर्कको लागी

विपिन क्षेत्री

फलफुल बितरण २०७७/११/१४ बिहान १० बजे सम्पर्कको लागी

जमुना पन्थी

सरसफाई कार्यक्रम २०७७/११/१४ दिउसो १२ बजे सुरु हुने सम्पर्कको लागी

विपिन क्षेत्री

अस्पताल परिसरमा फूल ब्यबस्थापन २०७७/११/१४ दिउसो २ बजे सम्पर्कको लागी

डा. बर्षा थापा

Basic Health Package (CBC, Platelets,

 Sugar F, Urea, Creatinine

Uric Acid  Bilirubin, SGPT, SGOT Lipid  Profile,

Urine, R/E, TSH ,XRAY,ECG

 रु १५००/मा बरिष्ठ कन्सल्टेन्ट बाट परामर्श सेवा

समेत

२०७७/११/९ देखि २०७७/११/१४

 

सम्पर्कको लागी

युवराज न्यौपाने  

१० प्रभातफेरी तथा मुल समारोह २०७७/११/१५ बिहान ७ बजे सुरु हुने  

 

सम्बन्धित शिर्षक :