मालिका गाउँपालिकामा निशुल्क आँखाको परिक्षण सुरू

सन्तोष महतारा

गुल्मी २ फागुन/ गुल्मी गुल्मीको मालिका गाउँपालिकामा आजदेखी निशुल्क आँखा शिविर संचालन भएको छ । आज गाउापालिकाको वडा नम्बर २ दर्लिङ्गमा रहेको च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा निशुल्क आँखा परिक्षण गरिएको मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तराज भुषालले जानकारी दिएन ।

आज च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा ८८ जनाले आँखाको परिक्षण गराएका छन् । जसमा ६ जनालाई मोतियाविन्दुको समस्या देखिएको छ । २५ जनालाई चस्मा बितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।

मोतियाविन्दु देखिएकाहरूलाई यही फागुन १० गते सिमलटारीमा निशुल्क आँखाको अप्रेशन गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए । फागुन ३ गते छापहिलेमा रहेको छाप सामुदायिक स्वास्थ्य इकाईमा आँखाको निशुल्क आँखाको परिक्षण गरिने छ । त्यस्तै फागुन ४ गते गाउँपालिकाको वडा नम्बर ६ अर्जैमा रहेको कुमालगाउँ सामुदायिक स्वास्थ्य ईकाईमा निशुल्क आँखा परिक्षण हुने छ ।

आज गाउ पालिकाको वडा नम्बर २ दर्लिङ्गमा रहेको च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा निशुल्क आँखा परिक्षणको गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले उद्धघाटन गरेका छन् । कार्यक्रमकको संचालन दर्लिङ्ग स्वास्थ्य चौकीका इञ्चार्ज ओम बहादुर भण्डारी मगरले गरेका थिए । कार्यक्रममा स्वागत मनतब्य गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त राज भुषालले राखेका थिए ।

आँखाको रोगसम्बन्धी उपचार जिल्ला आँखा उपचार केन्द्र तम्घसाका प्रमुख सुर्य बहादुर बस्नेतले गरेका थिए । निशुल्क आँखा शिविर मालिका गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको प्राविधिक सहयोगमा संचालन भइरहेको छ ।

सम्बन्धित शिर्षक :