लुम्बिनी प्रदेशमा शुभारम्भ हुँदै कोरोनाबिरुद्धको खोप अभियान

मुख्यमन्त्रीले सुभारम्भ गरेपछि लुम्बिनी प्रादेशीक अस्पताका मेसु डा खनालले पहिलो खोप लगाउने

स्वास्थ्यसमाचार/ कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका ६ जिल्ला मा सुरु हुने छ।

पहिलो चरणमा फन्टलाइनमा खटिएका सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने गरि तयारी भैरहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड विरुद्धको खोपको व्यवस्थापन लुम्बिनी प्रदेश संयोजक डा बिकास देबकोटाका अनुसार भोली खोप अभियानको प्रधानमन्त्री निवास बालुवाटारवाट औपचारिक उदघाटन सुरु गर्ने बताए।

लुम्बिनी प्रदेशमा भने मुख्यमन्त्री शंकर पोखरेलले सुभारम्भ गर्ने र खोपलगाउन सुरु गर्ने प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले बताए ।लुम्बिनी प्रदेशका १२ जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ। १२ मध्ये ६ वटा तराइका जिल्लामा १४ गते र अन्य ५ वटा पहाडी जिल्लामा १७ गते खोप अभियान सुरु हुने बताइएको छ।

बुधबारका लागि रुपन्देही जिल्लाको भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालबुटबल कपिलवस्तु जिल्ला अस्पताल, दाङमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ति प्रादेशिक अस्पताल, भेरी अस्पताल बाँके र जिल्ला अस्पताल बर्दियामा खोप केन्द्र तोकिएको छ।

पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठानका जिल्ला अस्पतालहरुमा भने १७ गते खोप अभियान सुरु हुने स्वास्थ्य निर्देशनालय बुटबलले जनाएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड– १९ विरुद्धको पहिलो अस्पतालका मेसु डा राजेन्द्र खनालले लगाउने भएका छन। डा खनालले भने लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ‘कोरोना विरुद्दको खोप म नै लगाएर सुरू गर्ने छु।’

डा.खनाल पछि क्रमस अन्य स्वास्थ्यकर्मीलाई खोप दिइने छ। ‘अहिले खोपलाई लिएर केही नकारात्मक सन्देशहरू पनि आइरहेका छन्। स्वास्थ्यकर्मीहरू पनि अन्यौलमा देखिएका छन्। यसरी मैले सुरूमा खोप लगाएपछि अन्य स्वास्थ्यकर्मीहरूले लगाउनुहुन्छ, डा खनालले भने ।‘

यो खोपको प्रभावकारिता ७० देखि ९१ प्रतिशत सुरक्षित भएकाले सुरक्षित भएको अध्ययनले देखाएको छ। नेपालले पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने मन्त्रालयको तयारी छ। दोस्रो डोज जति ढिला लगायो यसको प्रभावकारिता त्यति बढी हुने विज्ञले बताउँदै आएका छन्। गत वर्षको ९ माघमा नेपालमा कोभिडको पहिलो केश देखिएको थियो । लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनालाई पुग्ने गरि भारतले अनुदानमा दिएको खोप सरकारले पठाएको छ ।

सम्बन्धित शिर्षक :