लुम्बिनी प्रदेशमा आएको कोरोनाको खोप आज १२ जिल्लामा पठाईदै

अग्रपंक्तिमा खटिएका लाई पहिलो चरणमा खोप दिईने :सामाजिक बिकास मन्त्री बराल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा आएको कोरोना बिरुद्धको खोप आज जिल्ला जिल्लामा पठाईने भएको छ । ३९ हजार ४ सय ९५ जनालाई पुग्ने ‘कोभिसिल्ड’ खोप आज जिल्लाका सबै अस्पतालमा पठाउने र  लगाउन गरि काम भैरहेको प्रदेश स्वास्थ्य आपुर्ति निर्देशनालयले जनाएको छ।

अघि नै विभिन्न खोपहरु जिल्लामा गई रहने भईकोले यसको आपूर्ति र ढुवानीमा कुनै समस्या नरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईले वताए।कोरोना बिरुद्धको खोप एउटै व्यक्तिलाई २ डोज दिनु पर्ने चापागाईको भनाई छ । उनले पहिलो डोज लिएको ४ साता पछि अर्को पनि डोज लिनु पर्ने जानकारी दिए । चापागाईले ३९ हजार ४ सय ९५ लाई २ डोज पुग्ने गरि ८ हजार ७ सय ६८ भाईल खोप प्राप्त भएको बताए ।

प्राप्त भएको डोज मध्ये सबै भन्दा बढी रुपन्देही जिल्लामा १५ हजार ५३ जनालाई पुग्ने ३ हजार ३ सय ४२ भाईल खोप पठाईने तयारी भएको उनले बताए । यस्तै बांकेमा ७ हजार ७ सय जनालाई पुग्ने १ हजार ७ सय ९ भाईल, दाङ्गमा २ हजार ९ सय ७० जनालाई पुग्ने ६ सय ५९ भाईल, कपिलवस्तुमा २ हजार ४३ जनालाई पुग्ने ४ सय ५४ भाईल, पाल्पामा २ हजार ४ सय ६० जनालाई पुग्ने ५ सय ४६ भाईल खोप पु¥याउने तयारी प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र लुम्बिनीको रहेको छ ।

त्यसै गरि प्युठानमा १ हजार ६३ जनालाई पुग्ने गरि २ सय ३६ भाईल, बर्दियामा १ हजार ९ सय ६२ जनालाई पुग्ने गरि ४ सय ३६ भाईल, अर्घाखाँचीमा १ हजार ७ सय ३४ जनालाई पुग्ने गरि ३ सय ८५ भाईल, नवलपरासीमा १ हजार ७२ जनालाई पुग्ने गरि २ सय ३८ भाईल, रुकुम पूर्वमा ४ सय ६७ जनालाई पुग्ने गरि १ सय ४ भाईल, गुल्मीमा १ हजार ८ सय ८२ जनालाई पुग्ने गरि ४ सय १८ भाईल र रोल्पामा १ हजार ८९ जनालाई पुग्ने गरि २ सय ४२ भाईल कोभिसिल्ड खोप प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र लुम्बिनीले पु¥याउदै छ ।

लुम्बिनी प्रदेशमा आउने खोप अग्रपंक्तिमा रहेकाहरुलाई दिईने मन्त्रालयले जानकारी दिएको छ । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले अग्रपंक्तिमा खटिएका फोहोरमैला ब्यवस्थापनमा खटिएका संकलक र चालकहरु, एम्बुलेन्स तथा शववाहनका चालक र सहचालक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनमा प्रत्यक्ष खटिएका ब्यक्ति, महिला स्वास्थ्य स्वयम सेविका लगायतलाई पहिलो चरणमा खोप दिईने बताए ।

सम्बन्धित शिर्षक :