लुम्बिनी प्रादेशिक अस्पतालमा मुख तथा अनुहार को जटिल शल्यक्रिया सुरु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा बुटबलमा पहिलो पटक मुख तथा अनुहार सम्बन्धि जटिल शल्यक्रिया सुरु भएको छ।सामान्य शल्यक्रिया पहिले देखी भएपनि जटिल शल्यक्रिया भने पहिलोपटक सुरु भएको हो ।

डेन्टल बिभाग प्रमुख डेन्टल कन्सल्टेन्ट डा. वर्षा थापाले हालै मात्र चोटपटक लागेर अनुहार को हडडी भाचिएको बिरामी लाई शल्यक्रिया गरि हडडी जोड्ने उपचार सफलतापुर्वक सम्पन्न गरिएको बताईन ।जटिल शल्यक्रियामा प्रमुख डेन्टल कन्सल्टेन्ट डा.थापा डा. विवेक महतो,कन्सल्टेन्ट म्यग्जिलो फेसियल सर्जन लगायत को टिम शल्यक्रिया गरेको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय मा डेन्टल बिभाग बाट अन्य उपचार सेवा का साथ साथै शल्यक्रिया सम्बन्धि पनि उपचार सेवा सुरु गर्न पाउदा सम्पूर्ण बिभाग को मनोबल निकै उच्च भएको र यो सेवालाई निरन्तरता दिने प्रमुख डेन्टल कन्सल्टेन्ट डा बर्षा थापाले बताईन ।

सरकारी अस्पताल मा नै गुणस्तरीय सेवा न्यून शुल्क मा प्रदान गर्न सकिएको छ। अस्पतालमा एउटा अभिभावक विहिन ११ वर्षे बालकको अनुहार को ट्युमर को पनि निशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थापाले बताईन ।सम्पूर्ण अस्पताल र प्रदेश सरकार को सहयोग को कारण यस प्रकार को उपचार सेवा सम्भब भएको र अन्य थप जटील प्रकारका सेवा दिन सकिने डा थापाले बताईन ।

सम्बन्धित शिर्षक :