खटाइएको ठाउमा पाँच दिन भित्र नजाने चिकित्सकलाई कारबाही गर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा खटाइएका छात्रवृत्तिका चिकित्सकलाई पाँच दिन भित्र हाजिर हुन निर्देशन दिएको छ।स्वास्थ्य मन्त्रालयले खटाइएको स्थानमा पाँच दिन भित्र हाजिर नभए सरकारको तर्फबाट लगानी असुल उपर गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ।

मन्त्रालयले चिकित्साशास्त्र छात्रवृति छनौट तथा छात्रवृति प्राप्त विशेषज्ञ चिकित्क परिचालन कार्यविधि, २०७२को दफा ६(१) को प्रावधान अनुसार मन्त्रालयमा कबुलियतनामा गरी पढेका चिकित्सकलाई खटाइएको अस्पतालमा पाँच दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स), त्रिवि शिक्षण अध्ययन संस्थान(आइओएम) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडि/एमएस/एमडिएस मा अध्ययन गरि कबुलियतनामा बमोजिम मन्त्रालयले सरकारी अस्पतालमा खटाउने व्यवस्था छ।

सम्बन्धित शिर्षक :