अर्घाखाँची सिमेन्टले सियारीमा डेढ करोडमा अस्पताल भबन बनाइदिने

कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले गरे शिलान्यास

स्वास्थ्यसमाचार/रुपन्देहीको सियारी गाउँपालिकामा वडा नं २मा अर्घाखाँची सिमेन्टले डेढ करोडको लागतमा स्वास्थ्य केन्द्रको भवन बनाइदिने भएको छ ।गाउँपालिका वडा नं २मैनिहवामा निर्माण हुने स्वास्थ्य केन्द्रको कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन् ।

अर्घाखाँची सिमेन्टको लगानीबाट निर्माण हुने स्वास्थ्य केन्द्र भवन सरकारी मुल्यांकन १ करोड ४० लाख रहेको प्रालिले जनाएको छ ।अर्घाखाँची सिमेन्टका प्रबन्ध सञ्चालक राजेश अग्रवालकाअनुसार स्वास्थ्यकेन्द्रको निर्माण कार्य यहि आर्थिक बर्ष भित्रै हुनेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले आउने बर्षमा किसानका लागि मल खादको समस्या नहुने बताए ।सहकारीहरुले मलको दुरुपयोग हुदा मल अभाव हुने गरेको बताए ।उनले सरकारले ब्यवस्थीत गरेर गाउँपालिकाले तोकेको बितरकहरुलाई जिम्मा दिने र त्यो सहकारी वा निजी क्षेत्र पनि हुने हुँदा मलको वितरण प्रभावकारी हुने उनको तर्क थियो ।अब जुन पालिकालाई जति चाहिन्छ त्यति मल संघिय सरकारले दिन्छ उनको भनाई थियो ।

सियारि गाउंपालिकाका अध्यक्ष अयोध्या थारुले स्वास्थ्य क्षेत्रमा सियारि गाउंपालिकाले अवस्था सुधार गर्दै गएको बताए ।कृषिको क्षेत्रमा फड्को मारेको उल्लेख गर्दै थारुले प्रालिले बनाइदिने स्वास्थ्य केन्द्रको संरचनाले जनतालाई स्वास्थ्य सेवा दिनमा सहयोगी हुने बताए ।सियारी गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङले कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रका गाउँपालिकाले पूर्णरुपमा ध्याने दिएको र त्यसमा अर्घाखाँची सिमेन्टले साथ दिइरहेको बताइन् ।

सम्बन्धित शिर्षक :