रोटरीद्वारा स्वास्थ्य चौकीलाई १ करोड १८ स्वास्थ्य उपकरण प्रदान

सेमराबजार स्वास्थ्य चौकीमा प्रसुति गृह चलाइने

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा रोटरी क्लब अफ रुपन्देहीले वडा नं. १० सेमरा स्थित सेमराबजार स्वास्थ्यचौकीमा १ करोड १८ लाख ४७ हजार बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

रोटरी इन्टरनेशनलको ग्लोबल ग्राण्ट प्रोजेक्ट अन्तर्गत् स्वास्थ्य चौकीमा प्रसुति गृह सञ्चालनको लागि क्लवले मेडिकल उपकरण सहयोग हो । चिकित्सकीय सेवा प्रदान हुँदै आएको सेमराबजार स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर समेत सञ्चालनमा छ ।

रोटरीले प्रदान गरेको मेडिकल सामग्रीमा यु.एस.जी., एक्स–रे लगायतका शल्यक्रियासँग सम्बन्धित सामाग्रीहरु समेत छन् । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा क्लवका अध्यक्ष सुरज खत्रीले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष व्यासमुुन थारुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

सो अवसरमा नगर प्रमुख घिमिरेले रोटरीबाट प्राप्त स्वास्थ्य उपकरणले स्वास्थ्य चौकीबाट प्रदान हुने सेवालाई थप गुणस्तरीय बनाउने वताए । सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा रुपान्तरण गर्ने नगरपालिकाको योजना रहेको बताउँदैे रोटरीबाट प्राप्त सहयोगले आफूहरुमा उत्साह थपेको वताए। रोटरीबाट एक करोड बढीका मेडिकल सामग्री आउनु निकै महत्वपूर्ण उपलब्धी भएको बताउँदै उनले सेवा प्रवाहको लागि नगरपालिकाले आवश्यक जनशक्तिलगायतको व्यवस्थापन गर्ने वताए ।

त्यसैगरी नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले क्लबले गरेको सहयोगबाट नगरको दक्षिणी क्षेत्रका बासिन्दा सबैभन्दा बढी लाभान्वित हुने बताईन ।क्लवका अध्यक्ष सुरज प्रसाद खत्रीले रोटरीका ६ वटा क्षेत्र अन्तर्गत् स्वास्थ्यमा सहयोग पुुर्याउने उद्देश्यले गुुणस्तरीय स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने तिलोत्तमाको दक्षिणी क्षेत्रका बासिन्दाको बाध्यता अन्त्य गर्न स्वास्थ्य चौकीलाई उपकरणहरु सहयोग गरिएको वताए ।

कार्यक्रममा रोटरी क्लब अफ रुपन्देही वर्ष २०२०–२१ का अध्यक्ष गौतम भुसालले ८ वर्षदेअघि तिलोत्तमालाई कार्यक्षेत्र बनाएर स्थापित क्लबले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेकोमा आगामी वर्ष स्वास्थ्य चौकीमैं सर्पदंश उपचार केन्द्र निर्माण गर्ने योजना रहेको वताए । कार्यक्रममा वडाध्यक्ष व्यासमुन थारु, स्थानीय समाजसेवी कृष्ण पौडेल, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ जोन १६ का एसिस्टेन्ट गर्भनर इन्द्र रिसाल र क्लवका पूर्वअध्यक्ष गोपालप्रसाद न्यौपानेलगायतले आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा ग्रेस फार्मेसीका मोहन चौधरीले स्वास्थ्य चौकीलाई मास्क, सेनिटाइजर र साबुन हस्तान्तरण गरे। कार्यक्रम क्लबका सचिव सुुवोध भट्टराईको सञ्चालन भएको हो ।

सम्बन्धित शिर्षक :