बुटबलको निति कार्यक्रम: आम्दा अस्पताललाई विशिष्टिकृत सिटी अस्पताल बनाईने

महिला स्वास्थ्य स्वयं सेविका र बुटवलका पत्रकारहरुलाई एक लाखको कोभिड १९ जोखिम बिमा

स्वास्थ्यसमाचार /बुटबल उपमहानगरकोे सातौं अधिवेशनमा तथा आव २०७७/०७८ को नीति कार्यक्रम प्रस्तुत गरिएको छ । नगरप्रमुख शिवराज सुवेदीले नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गरिएको र स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरे ।

नगर प्रमुख जेष्ठ नागरिक घर दैलो स्वास्थ्य कार्यक्रम लाई निरन्तरता दिईने भएको छ । यस कार्यक्रममा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समेत समावेस गरिनेछ । पोषण शिक्षा कार्यक्रमलाई कोभीड-१९ जस्ता महामारी रोकथाममा समायोजन गरिने भएको छ ।

मातृशिशु स्वास्थ्य कार्यक्रमलाई थप प्रभाबकारी र नतिजामुखी बनाउनको लागि “उप –प्रमुख सुरक्षित मातृत्व’’ प्रबद्र्धन कार्यक्रमलाई थप प्रभाबकारी रुपमा संचालन गरिने भएको छ । बिद्यालय स्वास्थ्य कार्यक्रमलाई प्राथमिकताका साथ प्रभाबकारी रुपमा संचालन गर्दै लगिनेछ ।

जोखिममा खटिनेको बीमा, आयुर्वेद र योगाको विस्तार गरिने

बुटवलमा रहेका निरन्तर खटिरहेका महिला स्वास्थ्य स्वयं सेविका र अग्रपंङ्तीमा रहेर समाचार संकलन गर्ने बुटवलका पत्रकारहरुलाई रु एक लाख बराबरको कोभिड १९ जोखिम बिमा गरिने भएको छ । कोभिड १९ नियन्त्रण हेतु आयुर्वेदिक औषधि वितरण, योगाभ्यास तथा जीवन शैली परिवर्तन गर्ने कार्यक्रम नियमित रुपमा समुदायस्तरमा संचालन गरिने भएको छ ।

प्रकृति मैत्री स्वच्छ जीवन प्रणाली प्रवद्र्धनगरी बुटवलवासीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न विभिन्न निरोधात्मक कार्यक्रम संचालन गरिने भएको छ । स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्वनलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आम्दा अस्पताललाई विशिष्टिकृत सिटी अस्पताल बनाइने, ट्रमा सेन्टर निर्माणको पहल थालिने

सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसुतीको विशिष्टकृत सिटी अस्पतालका रुपमा रुपान्तरण गरी संचालन गर्न आवश्यक तयारी गरिने भएको छ । केन्द्र र प्रदेश सरकारको सहयोग तथा नीजि क्षेत्रको सहकार्यमा ट्रमा सेन्टर स्थापनाको लागि आवश्यक पहल गरिनेछ ।
बुटवलले स्वास्थ्य संस्थाहरुको ल्याबबाट ४० वर्ष माथिका नागरिकहरु र अपाङ्गता भएका तथा एकल महिलाहरुको रक्तचाप, अल्बुमिन र

मधुमेह निशुल्क रुपमा जांच गर्ने व्यवस्था यसअघि नै मिलाएको छ ।
यसैगरी पन्ध्र शैया सम्मका अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुको पूर्वाधार, सेवाप्रवाह तथा गुणस्तरको मापदण्ड तयार गरि दर्ता तथा नियमन गर्ने आवश्यक कानूनी प्रबन्ध मिलाइने भएको छ । नगरका नागरिकहरु बिरामी हुँदा आवश्यक पर्ने रगतमा अनुदान उपलब्ध गराइने भएको छ ।

सम्बन्धित शिर्षक :