सिन्धुली अस्पतालमा कोरोना बिजेतालाई माला,खादा,र टिका लगाएर बिदाई

स्वास्थ्यसमाचार /सिन्धुलीका तीन युवक कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनीहरुलाई सिन्धुली अस्पताललको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

ती युवकहरु तीनपाटन गाउँपालिका–३, कमलामाई नगारपालिका–११ र १४ का हुन् । उनीहरु भारतबाट आएका थिए । कोरोनामुक्त भएपछि उनीहरुलाई सोमबार माला, खादा, टिका लगाएर अस्पतालले बिदाइ गरेको छ ।

तीन युवक कोरोना जितेर घर फर्किएपछि अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेलले सामाजिक सञ्जालमा आफू धेरै खुशी भएको उल्लेख गरेका छन् ।

अध्यक्ष पोखरेलले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक विमल श्रेष्ठ, गुजेश्वर श्रेष्ठलगायत ब्याडम्याण्टन संघ सिन्धुली, प्रदेश सभा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, खाना पकाएर सहयोग गर्ने विन्दा गौतम, कार्यालय सहयोगीलगायतमा आभार व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक :