बुटबलको कोरोना विशेष अस्पतालको आइसीयूमा राखिएका ५१ वर्षिय संक्रमित डिस्चार्ज

स्वास्थ्यसमाचार /बुटवलको कोरोना विशेष अस्पतालको आइसीयू कक्षमा उपचारपछि ५१ वर्षियपुरुष कोरोना निको भएर घर फर्किएका छन ।

रुपन्देहीको बुटवल–११ देविनगरका पुरुष आइसियु कक्षमा उपचारपछि कोरोना जित्ने दोस्रो व्यक्ति रहेका छन । सुगर तथा डाइवेटिजको समेत समस्या भएका उनलाई पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि आइसियूमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएको १९ दिनपछि निको भएर घर पठाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा लुम्बिनी अस्पतालका डा सुदर्शन थापाले वताए । यसअघि कपिलवस्तुका २२ वर्षिय यूवाले आसियू कक्षमा उपचारपछि कोरोना जित्न सफल भएका थिए ।

अस्पतालको अन्य आइसोलेशन कक्षमा उपचारपछि घर फर्किनेको संख्या भने ५० बढी रहेको लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले बताए । उनले २ जना लाई आइसियु र भेन्टीलेटरमा राखेर उपचार गरेको बताए । दुबै सुगर तथा डाइवेटिजका रोगी भएको भएको बताए ।

सम्बन्धित शिर्षक :