सैनामैनाद्धारा कोरोना रोकथाम, नियन्त्रण र राहतको खर्च सार्वजनिक

स्वास्थ्यसमाचार  / रुपन्देहीको सैनामैना नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका क्रियाकलाप हरु सहित खर्च विवरण सार्वजनिक गरेको छ ।

बिहीवार पत्रकार सम्मेलनमा गरिएको खर्च विवरण अनुसार १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगर स्तरीय र सामुदायिक गरी २ प्रकारका क्वारेन्टिन सञ्चालन गरेको छ । जस अन्तर्गत नगरस्तरीय क्वोन्टिनको निर्माणमा ८ लाख ३७ हजार ६ सय १३ रुपैयाँ र्खच भएको छ ।

त्यस्तै सामान तथा शयन कक्ष व्यवस्थापनमा १९ लाख ५ सय २०, खाना तथा औषधी व्वस्थामा २७ लाख ८१ हजार ३ सय ५ गरी ३८ लाख ९ हजार ४ सय ३८ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । त्यसैगरी सामुदायिक क्वारेन्टिनको निर्माण अन्र्तगत सैनामैना पर्रोहा परमेश्वर मा.वि.मा १० लाख १२ हजार ९ सय ४३, पर्होरा बहुमुखी मा २ लाख ९२ हजार ७ सय ८६, शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा ३ लाख ४९ हजार ६ सय ८७, जनचेतना मा.वि.मा ९ लाख ९ हजार १ सय ७ र रामापुर मा.वि.मा सि.सि. क्याम्मरा जडानमा २ लाख ३४ हजार गरी कूल ३४ लाख १६ हजार ९ सय २२ रुपैयाँ खर्च भएको नगरले जनाएको छ ।

व्यक्ति वा संघ संस्थाबाट ३९ लाख १ हजार ३ सय १२ रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ । त्यसैगरी विपद व्यवस्थापन कोषको लागि १५ लाख विनियोजित भएको पनि नगरले जनाएको छ ।

प्रदेश सरकारबाट प्राप्त १५ लाख र रकमान्तर गरी कोषमा जम्मा १ करोड १३ लाख ९१ हजार गरी कूल १ करोड ८२ लाख ९२ हजार ३ सय १२ रुपैयाँ जम्मा भएको नगरपालिकाले पत्रकार सम्मेलनमा नगर प्रमुख चित्र बहादुर के.सी.ले बताए ।

उक्त कोषबाट राहत सामाग्री खरिदमा ५१ लाख ८० हजार ३ सय ८९ रुपैयाँ खर्च भएको छ । भने नगर स्तरी क्वारेन्टिनहरुको निर्माणमा ३८ लाख ९ हजार ४ सय ३८, क्वारेन्टाइनमा काम गर्न खटाइएका सहयोगीको पारिश्रमिक र स्वास्थ्यकर्मीको जोखिम भत्ता(२०७७ बैशाक सम्मको) मा २१ लाख ९७ हजार ८ सय, सामुदायिक क्वारेन्टिन निर्माणमा ३४ लाख १६ हजार ९ सय २२ रुपैयाँ गरी कोषबाट कूल १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगर प्रमुख के.सी.ले बताए ।

नगरको कोषमा ३६ लाख ८७ हजार ७ सय ६३ रुपैयाँ बचत रहेको उनले बताए । नगरपालिकाले हालसम्म ५ हजार ८ सय ७४ घरपरिवारलाई राहत वितरण गरेको जनाएको छ । जसबाट २१ हजार ९ सय १३ व्यक्ति लाभान्वित भएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताए ।

सम्बन्धित शिर्षक :