नेपालगञ्जमा कोरोना संक्रमणको संख्या २३ ,नेपालमा ८२ पुग्यो

स्वास्थ्यसमाचार/बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा आज विहान गरिएको परीक्षण नतिजा अनुसार थप ७ जनामा कोरोना भाइरस ९कोभिड १९० पोजेटिभ देखिएको हो ।

संक्रमितहरु नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३० र ४० बर्षका पुरुषहरु र ९, ३२,३४ र ५५ बर्षका महिलाहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि नेपालगञ्जकै सोही क्षेत्रमा १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।यो संगै नेपालगञ्जमै मात्रै संक्रमित हुनेकोसंख्या २३ पुगेको छ । यता देशभरको संक्रमितको संख्या भने ८२ पुगेको छ ।

कुल १६ जना संक्रमित उपचार पछि कोरोनामुक्त भएर घर फर्केका थिए ।तर यता बीरगञ्जमा भने कोरोना मुक्त भएर घर फर्केका २ जनामा थप समस्या देखिएको भन्दै पुन भर्ना गरिएको छ ।

सम्बन्धित शिर्षक :