५७ वर्ष नर्सिङ सेवामा समर्पित नर्सिङ संघकी पूर्व अध्यक्ष को निधन

स्वास्थ्यसमाचार/  नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन भएको छ । ७७ वर्षीया राईको सोमबार विहान साढे ७ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीकाअनुसार उनको सोमबार विहान निधन भएको हो । ‘उहाँको अवस्था अलि क्रिटिकल नै थियो, विहान बित्नुभयो,’ डा। सेन्चुरीले भने । शान्ता भवन पाटनबाट नर्सिङ पेशा सुरु गरेकी थिइन् ।

राई शान्ता भवन हाल ललितपुर नर्सिङ क्याम्पसको पहिलो नेपाली प्रमुख समेत थिइन् । नेपाल नर्सिङ काउन्सिलकी पूर्व रजिष्ट्रार लक्ष्मी राईकाअनुसार उनी सो क्याम्पको सुरुवाती चरणकी अध्यापक हुन् ।

५७ वर्ष नर्सिङ सेवामा समर्पित भएकी राई ताप्लेजुङमा जन्मिएकी हुन् । उनी मिर्गौला रोगबाट पीडित थिइन् । उनका पिता लाहुरेका भएपछि दार्जिलिङ पुगेकी थिइन् । उनको स्कुलिङ दार्जिलिङमै भएको थियो । राईका तीन जना भाइबहिनी थिए ।

सानैदेखि पढाइप्रति निकै रुची राख्ने राई सुरुमा भागेर स्कुल गएको अनुभव सुनाउथिन् ।

सम्बन्धित शिर्षक :