नेपालगञ्जमा थपिए ६ जना कोरोना संक्रमित, प्रदेश ५मा संक्रमितको संख्या १६

नेपालभर कोरोना संक्रमितको संख्या ७५

स्वास्थ्यसमाचार/ नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय का अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा बिकास देवकोटाले पुष्टि गरेका थिए । केही दिनअघि नेपालगञ्ज उपमहानगर पालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।प्रदेश ५मा भने अहिले सम्म कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

सम्बन्धित शिर्षक :