नेपालगञ्ज र बिरगञ्जमा थप १० जनामा कोरोना ,नेपालमा संक्रमित संख्या ६९ पुग्यो

निको हुनेको संख्या १६

स्वास्थ्यसमाचार /प्रदेश नं ५को नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा गरि ९ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

यो संगै प्रदेश नं ५मा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । गत बैसाख १९ गते नेपाल गञ्ज १ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमित भेटीएका थिए ।

यसै गरि पर्सामा पनि एक महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको डा देबकोटाले बताए । आज एकै पटक १० जनामा कोरोना संक्रमणको पुष्टि भएको होयो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ।

जसमध्ये १६ जना निको भइसकेका छन्।डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ। १३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ४ सय ९९, प्रदेश २ मा ५ हजार ७ सय ९, बागमतिमा ८ हजार ५ सय १५, गण्डकीमा ५ हजार ८ सय ३४, प्रदेश ५ मा ४ हजार ४ सय ९२, कर्णलीमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिममा १५ हजार ७२ जनाको नमूना परीक्षण भएको छ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ४ र बाहिर ७३ गरी कुल ७७ जना अस्पतालको आइसोलेसनमा छन्। २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक :