रुपन्देहीमा कोरोना संक्रमित भेटिएपछि तिलोत्तमा लकडाउन कडा

हप्तामा ३ दिन खाद्यान्न पसल ३ घन्टा र नगरवाहिरको फलफुल र दुध बेचे कारबाही

स्वास्थ्यसमाचार /कोटहिमाई गाउँपालिका रुपन्देहीमा कोरोना भाइरस संक्रमित भेटिएपछि तिलोत्तमा नगरपालिकाले जारी लकडाउनलाई कडाइ गर्ने भएको छ।

तिलोत्तमका नगरपालिकाले आज एक सूचना जारी गर्दै पास बाहेकका सवारीसाधन नगरभित्र नचलाउने, बिना काममा नरोक्ने र सामग्री खरिद गर्न पसल जादा सवारी लिएर जान नपाउने नियम बनाएको छ।

लकडाउनको कडाइ गर्दै नगरले किरानाका पसलहरु सातामा ३ दिन मात्रै सञ्चालन गर्ने जनाएको छ। सोमबार बुधबार र शुक्रबार हरेक बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै खाद्यान्न तथा किराना पसलहरु सञ्चालन हुनेछन्।

 

नगरक्षेत्र बाहिरका तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ बेचबिखन भएको कारबाही गरिने भएको छ। लकडाउनको अवज्ञा भइरहेको गुनासो आएपछि थप नगरपालिकाले लकडाउनलाई थप कडा बनाउने नीति अख्तियार गरेको हो।

साथै नगरपालिकाले नगरक्षेत्र भित्रका विद्यालयहरुलाई नतिजासमेत प्रकाशन नगर्न निर्देशन दिएको छ। यसअघि जारी लकडाउनमै पनि केहि विद्यालयहरुले नतिजा प्रकाशन गरेको भन्दै उनीहरुलाई कारणसहित ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ।

नगरपालिकाले अत्यावश्यक कामको लागि बाहिर जाँदा सामाजिक दूरी कायम गर्नसमेत पनि नगरबासीमा आग्रह गरेको तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत माधब प्रसाद शर्माद्धारा उल्लेख सुचना प्रकाशित गरिएको छ ।

सम्बन्धित शिर्षक :