विषालु च्याउ खाँदा एकै परिवारका ७ जना विरामी

भीम अस्पतालको आकस्मिक कक्षमा उपचार हुदै

स्वास्थ्यसमाचार/ रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना विरामी भएका छन् । भैसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु विरामी भएका हुन् । विरामी हुनेमा १२ वर्षिय बालिकादेखि ७० वर्षिय वृद्धा छन् ।

विरामी हुनेमा जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षिय अनिशा हरिजन, १४ वर्षिय मनिषा हरिजन, १६ वर्षिय रामानन्द हरिजन, १८ वर्षिय लक्ष्मी हरिजन, ३५ वर्षिय सरस्वती हरिजन, ४५ वर्षिय बद्री हरिजन र ७० वर्षिय कैलाशी हरिजन रहेका छन् ।

शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि उनीहरु राती १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए । उनीहरुको भिम अस्पताल भैरहवामा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक :