कोरोना पुष्टी भएपछि कोटहीमाई गाउँपालिकाको पुर्निहवा गाउँ सिल

स्वास्थ्यसमाचार/रुपन्देहीमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको छ । कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका १ को पुर्निहवा गाउँ सिल गरिएको रुपन्देहीका प्रमुख प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले बताए। अर्को आदेश नभएसम्म सिल गरिएको उक्त गाउँमा आवतजावत गर्न पाइँदैन।

उक्त गाउँसहित बाहिरी क्षेत्रमा चारैतिर प्रहरी परिचालन गरिएको छ। गाउँलेलाई खाद्यान्न र आपतकालिन समस्याको समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन् । संक्रमण पुष्टि भएपछि २५ वर्षीय पुरुषलाई बुटबलको कोरोना अस्थायी अस्पतालको आईसोलेशनमा राखिएर उपचार गरिएको छ ।

सम्बन्धित शिर्षक :