स्वास्थ्यसमाचार/भारतमा लकडाउन अवधि २ हप्ता थप भएको छ । भारतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि २ हप्ता लकडाउन लम्ब्याएको हो ।
आगामी ३ मेसम्म कायम यसअघि घोषित लकडाउन अब १७ मेसम्म कायम रहने छ ।
भारतमा लकडाउन बढेपछि नेपालमा बढ्न सक्ने अनुमान गरिएको छ । नेपालमा बैशाख २५ गतेसम्म लकडाउन कायम छ ।
प्रतिकया दिनुहोस्