प्रदेश ५मा २ जना कोरोना संक्रमित नेपालमा संक्रमतिको संख्या ५९

एकजना भारतबाट आएका अर्का बिरामी रुपन्देहीका

स्वास्थ्यसमाचार/ प्रदेश ५को रुपन्देही र नेपालगन्जमा २ जनासहित प्रदेश ५ मा पहिलो पटक एकसाथ २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार प्रदेश ५ मा २ जना संक्रमित भेटिएका हुन् । भेरी प्रादेशिक अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो ।अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो । उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ ।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका का निर्देशक डा बिनोद कुमार गिरीका अनुसार रुपन्देहीको मर्चबारको क्यारेन्टाईनमा एकजनामा कोरोना संक्रमण देखीएको बताए। उनी केही समय पहिले दिल्लीबाट नेपाल आएका २५ बर्षिय युवा रहेको डा गिरीले बताए ।भारतको दिल्लीबाट बैशाख ५ गते नेपाल आएका ती युवालाई कोटहीमाई ५ स्थित मर्चवार आर्दश माविको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

उनको थ्रोट स्वाब जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले बैशाख १७ गते संकलन गरी काठमाण्डौको केन्द्रिय प्रयोगशालामा पठाईएको थियो । उनलाई अहिले बुटवलस्थित कोरोना बिशेष अस्थायी अस्पतालको आईसोलेसन बार्डमा उपचारका लागि लगिएको छ ।

स्वास्थ्यमन्त्रालयले जारी गरेको सुचनामा २ जना मध्ये एक नेपाल गञ्ज र एक रुपन्देहीका भएको बताए । दुबैलाई आईसोलेशनमा राखेर उपचार भैरहेको समेत डा गिरीले बताए ।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार हालसम्म नेपालमा कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ ।जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो । प्रदेश ५ मा ३ हजार ७ सय ९९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक :