क्रिमसन अस्पतालको राहत कोषमा ३ लाख ६६ हजार सहयोग

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित क्रिमसन अस्पतालले प्रदेश र स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले प्रदेश नं ५ सरकार र तिलोत्तमा नगरपालिकालाई आर्थिक सहयोग गरेको हो ।अस्पतालले प्रदेश सरकारको कोरोना राहत कोषमा दुई लाख ५५ हजार तथा तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एक लाख एघार हजार सहयोग गरेको अस्पताल सञ्चालक समिति अध्यक्ष चिन्तामणि पाण्डेयले बताए ।

उनले अनुसार सम्बन्धित सरकारको कोषमा रकम जम्मा भैसकेको छ ।विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले अस्पतालको तर्फबाट सहयोग गरिएको बताउँदै उनले कोरोना संक्रमण रोक्न अस्पतालले पनि आफ्नो तर्फबाट सक्दो काम गरिरहेको बताए।

सम्बन्धित शिर्षक :