बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु

कारण खुल्न अझै ३ दिन लाग्ने /लुम्बिनी प्रादेशीक अस्पतालको बिज्ञेप्ती

स्वास्थ्यसमाचार / कोरोना भाईरसको आंशकामा बुटवलको क्वारेन्टाईन बसेका एकजनाको मृत्यु भएको छ । बुटवलको धागो कारखानामा रहेको कोरोना बिशेष आईसुलेसन अस्पतालमा उपचार गराई रहेका एक ब्यक्तीको निधन भएको हो।

यहि चैत्र ६ गते दुवईबाट आएका सैनामैना नगरपालिका ७ सिसौडाँँडाका स्थायी बासिन्दा उनको के कारणले मृत्यु भएको भन्ने खुलेको छैन । रुघाखोकी र ज्वरो आउने समस्या देखिएपछी ७ गते देखि घरमै उपचार गराई रहेको र १३ गते बुटवल स्थीत आईसुलेसन बिशेष अस्पतालमा उपचार गराई रहेका थिए ।

‘आज बिहान उहाँँलाई अलि बढी समस्या देखियो, आईसीयुमा राख्ने तयारी हुँँदाहुँँदै निधन भयो’ कोरोना बिशेष अस्पतालका फोकल पर्शन डा. सुदर्शन थापाले भने ।
मृतक कोरोनाको परिक्षणका लागि स्वाव निकालेर काठमाण्डौ पठाइएको भएतापनि रिर्पोट आईसकेको छैन ।

स्वाव परिक्षणका लागि आज काठमाण्डौ पठाईएको प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक डा राजेन्द्र गिरीले बताए । उनले भने मृत्यु भएको हो र के कारणले हो ३ दिनपछि पत्तालाग्ने डा गिरीले बताए ।

सम्बन्धित शिर्षक :