स्वास्थ्य मन्त्रालयद्वारा ३३ जना विशेषज्ञ चिकित्सक र जनस्वास्थ्य प्रशासकको काज फिर्ता

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३३ जना विशेषज्ञ चिकित्सक, जनस्वास्थ्य प्रशासकहरुको काज फिर्ता गरेको छ ।

मन्त्रालयले गत शुक्रबार र आइतबारको निर्णय भन्दै स्वास्थ्य सेवाका नवौँ तथा दशौँ तहका ३३ जना चिकित्सकको नाम सार्वजनिक गरेको छ ।

यसअघि मन्त्रालयले २० जनाको काज फिर्ता गरिसकेको छ । पहुँचको भरमा सुगम क्षेत्र रोजेकाहरुलाई दरबन्दी भएकै ठाउँमा खटाउने मन्त्रालयको योजना रहेको बताइएको छ ।

सम्बन्धित शिर्षक :