कोरोना :आफनो टोलमा बाहिरी मान्छे छिर्न नदेउ :मुख्यमन्त्री

स्वास्थ्यसमाचार /सरकारले गरेको लकडाउनलाई स्थानीयबासीले अवज्ञा गर्नेक्रम जारी राखेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले टोल टो्लमा नाकाबन्दी गर्न आह्वान गरेका छन ।

आज आफ्नो फेसबुक वालमा स्ट्याटर पोष्ट गर्दै मुख्यमन्त्री पोखरेलले टोलबिकास संस्थाहरुले टोल बाहिरका मानीसलाई टोलमा प्रवेश गर्न नदिन र टोलबासीको स्वास्थ्य सुरक्षामा सक्रिय हुने आग्रह गरे ।

उनलेआफ्नो पोष्टमा बाहिरका बासिन्दालाई टोलमा आउन नदिन र टोलका वासिन्दाहरु पनि वाहिर नजान भनेका छन । खाद्यान्न र तरकारीको व्यवस्था टोलकै पसलहरुमा मिलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसवाट जोगिन सामाजिक र व्यक्तिगत दुरीलाई निरन्तर कायम राख्न आवश्यक रहेको बताए ।

प्रदेश ५ को राजधानी बुटवल लगायतका शहरहरुमा बिभिन्न बहाना बनाएर स्थानीयबासीहरुले लकडाउनको उल्लंघन गरेको समाचार आएपछि मुख्यमन्त्रीको यस्तो स्ट्याटस आएको बुझिएको छ ।

मंगलबार पनि पोखरेलले सरकारको निर्देशन कडाईकासाथ पालना गर्न समबन्धीत निकायलाई निर्देशन गरेका थिए ।सरकारले हिजो चैत्र ११ गतेबाट कोभिड १९ को रोकथाम तथा नियनत्रणकालागि देशै भर लक डाउनको घोषणा गरेको छ ।

https://www.facebook.com/sushan.regmi.75/videos/836056576904548/

सम्बन्धित शिर्षक :