नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण, आइसोलेसनमा उपचार हुँदै

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ। आज थप एकमा कोरोनाको संक्रमण देखिएको हो।

संक्रमितको संख्या ३ पुगेपनि एक जना उपचारपछि निको भइसकेका छन्। उनी कोरोना मु्क्त भइसकेका छन्। दुई जना भने उपचाररत छन्।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले तेस्रो व्यक्तिमा कोभिड १९ देखिएको पुष्टि गरेका छन्।विस्तृत जानकारी उपलब्ध नभइसकेको भए पनि स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा पनि कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख छ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सम्बन्धित शिर्षक :