प्रदेश भरीका अस्पताललाई नै पुग्ने गरी मेडिकल सामाग्रीको व्यवस्थापन: मन्त्री बराल

चन्द्रकान्त खनाल
स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारको निर्णय अनुसार सामाजिक विकास मन्त्रालयले तिन बटा जिल्लामा आईसोलेशन अस्पतालको व्यवस्थापन गरेको छ ।

रुपन्देहीको वुटवल धागो कारखाना, भैरहवा भिम अस्पताल, वेलझुण्डीको केन्द्रिय आयुर्वेद विद्यापिठ भवन, बांकेको खजुरा स्थित सुसिल कोईराला प्रखर क्यान्सर अस्पतालमा आईसोलेशन अस्पताल संचालन भएका हुन् । रुपन्देहीमा स्थित भिम अस्पताललाई कोरोना विशेष आइसोलेशन अस्पतालको रुपमा संचालन गरिएको छ ।

उक्त अस्पतालमा आईसियु सहितको ३० वेड रहेका छन । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको वैठकले सामाजिक विकास मन्त्रालय मन्त्री सुदर्शन बराललाई उक्त अस्पतालमा जिम्मेवारी तोकेको थियो । अन्य मन्त्रिहरुलाई पनि विभिन्न स्थानका आईसोलेशन अस्पतालमा खटाएको छ ।

सामाजिक विकास मन्त्री बराल विहानैदेखि अस्पताल व्यवस्थापनमा खट्नु भएको छ । स्वास्थ्यकर्मी व्यवस्थापन, मेडिकल सामग्री व्यवस्थापनको लागि दिनरात खट्नु भएको मन्त्री बरालको स्वकीय सचिव यदु ज्ञवालीले बताए । उनका अनुसार मन्त्रीको खटाईबाट स्वास्थ्यकर्मी प्रभावित भई उनिहरु दिन रात अस्पताल व्यवस्थापनमा खटिएका छन ।

आइसोलेशनमा कोरोनाको आशंकामा २ जना भर्ना भएका छन् । उक्त आइसोलेशन अस्पतालमा कर्मचारीको व्यवस्थापन भईसकेको छ । अस्पताल तिन सिफ्ट संचालनको लागि १ सय २६ जना जनशक्ति आवश्यक पर्ने छ । युसिएम एसलाई २ जना कन्सल्टेन्स फिजिशियन, ४ जना मेडिकल अफिसर र ४ जना स्टाफ नर्स खटाउन पत्राचार भएको छ । उक्त अस्पतालमा लुम्विनी प्रादेशिक अस्पतालबाट मेडिकल अफिसर २ जना स्टाफ नर्स २ जना खटिने छन् ।

पिपिइ, मास्क, ग्लोब्स लगायत अन्य मेडिकल सामाग्रीहरुको व्यवस्थापन भईसकेको मन्त्री बरालले बताए । सामाजिक विकास मन्त्रालयले प्रदेश भरीका अस्पताललाई नै पुग्ने गरी मेडिकल सामाग्रीको व्यवस्थापन गरिसकेको उनले बताए । ‘प्रदेशका सबै आईसोलेशन अस्पतालमा मेडिकल सामाग्री र स्वास्थ्यकर्मी व्यवस्थापन भईसकेको छ । मन्त्रीले भने– ति अस्पतालमा कुनै कमी हुने गरी व्यवस्थापन गरिएको छौ ।’

विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ बाट नेपालमा दुईजनामा संक्रमण भटिएको छ। एक जना सन्चो भएर घर फर्किसकेका छन भने । एक जनाको उपचार भईरहेको छ । सरकारले संक्रमण फैलिन नदिने लकडाउन गरेको छ ।

सामाजिक विकास मन्त्री बरालले विश्वभर फैलिएको कोभिड १९को संक्रमणबाट बच्न कठोर स्वास्थ्य अनुशासन पालन गर्न अपिल गरेका छन । स्वास्थ्य अनुसासन पालना गरी चिनले महामारी नियन्त्रण गरिसकेको स्मरण गराउदै उहांले धर्यता र अनुशासनको पालना गर्न आग्रह गरे ।

अपिलमा प्रचार, निर्देशन र घोषणाले मात्र कोरोना नियन्त्रण सम्भव नहुने जनाउदै मन्त्री बरालले विस्तृत र मसिनो योजना सहित गम्भिर तयारी गर्न सरकारी तथा गैरसरकारी निकायहरुलाई आग्रह गरेका छन ।

मन्त्री बरालले स्वास्थ्यर्कीहरुलाई सम्वोधन गर्दे अपिलमा उल्लेख गरे – यतिवेला मुलुकलाई तपाईहरुको योगदानको सर्वाधिक खाचो छ , उच्च मनोवल सहित कार्यक्षेत्रमा खट्नुहोस ।’ सबैको सहकार्यबाट कोरोना विरुद्ध विजयी हासिल गर्न सकिने मन्त्रीबरालद्धारा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक :