स्वास्थसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु।’
उनले निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न नसकेको बताउँदै उनले राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न नसकेको बताएका छन् ।लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनुपर्ने बताउँदै उनले असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गर्न सुझाव दिएका छन् ।
‘आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो’, उनले लेखेका छन्, ‘यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्छ। उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो।’
यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।
प्रतिकया दिनुहोस्