कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पताल भर्ना

काठमाडौँ /कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाका अनुसार आज आइतबार चीनबाट एकजना र कोरियाबाट तीनजना गरी चारजनालाई भर्ना गरिएको हो । डा। बास्तोलाले भने ुकोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो । भर्ना गरिएकाहरु सबै पुरुष हुन् ।

हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

सम्बन्धित शिर्षक :