कोरोना नियन्त्रणको लागि सुरक्षा संयन्त्र परिचालन गर्न कार्यविधि बनाउदै सरकार

काठमान्डौ/ विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस कोभिड–१९० का कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको एक महिना पछि नेपाल सरकारले सो रोग नियन्त्रणको लागि कार्यविधि बनाउन सुरु गरेको छ ।

समुदाय देखि राज्यका सबै अंगको परिचालन गर्न सक्ने गरी कार्यविधि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

यस अघि कोरोना क्वारेन्टाइन कार्यविधीमात्र तय भएको थियो । क्वारेनटाइन कार्य विधि बनाएर चीनको वुहान प्रान्तबाट १७५ नेपालीलाई ल्याइएको थियो । अब बन्ने कोरोना नियन्त्रण कार्यविधीमा आपतकालीन अवस्था आए विद्यालय बन्द गर्ने देखि लिएर सुर संयन्त्र समेत परिचालनगर्न सकिने कार्यविधीतयार भइरहेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहले बताए ।

‘यदि आपतकालिन अबस्था आईपरेमा राज्यका सबै संयन्त्रहरु प्रयोग गर्न सकिने गरी कार्यविधी तयार गरीरहेका छौ जसमा समुदाय स्तर देखी राज्यका सबै संयन्त्र कसरी परिचालनगर्ने भन्ने उल्लेख हुन्छ ।’ उनले भने, ’त्यो अस्बस्थामा विद्यालय, अस्पताल खाली गराउने देखि सुरक्षासंयन्त्र समेत परिचालन गर्न सकिन्छ।’ उक्त कार्यविधि मुख्य सचिव लोक दर्शन रेग्मीको नेतृत्वमा रहेको समितिले तयार गरिरहेको छ। नेपालमा कोरोना देखिए व्यवस्थापन कसरी गर्ने भन्नेमा सरकार अझै छलफलमा छ ।

सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक बसेको थियो । तर, कुन अस्पताल खालि गराउने तयारी कस्तो गर्ने भन्ने सरकार अन्यौलमै रहेको बेला कार्यविधि बनिरहेको छ। यो कार्यविधि बनेमा धेरै नै सहज हुने डा दिपेन्द्ररमण सिंहको भनाई छ। पहिले कार्यविधी बनाएर त्यहीअनुसार अगाडी बढ्ने निर्णय भएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

प्रमुख विशेषज्ञ डा सिंहले भने संक्रमित देखिए सरकारले तत्काल व्यवस्थापनगर्ने बताए । इपिडिमियोलोजीतथा रोग नियन्त्रण महाशाखाका डा हेमन्तओझाले सरकार कोरोना नियन्त्रण कार्य्बिधिबनाउन जुटेको बताए । कार्य्बिधिबनाए पछि त्यहीअनुसार कामहुने उनले स्पष्ट पारे । नेपालीहरु अधिकांश वैदेशिक रोजगारीको सिलसिलामाविदेश छन् । बढी नेपालीकामदार भएको देश दक्षिण कोरिया, जापानमा कोभिड–१९ को प्रकोप बढ्दो क्रममा देखिएको छ । कोरियामा एक नेपाली समेत बिरामी परेका छन् ।

गत १० माघमै नेपालमाकोरोना पुष्टि भएको थियो । विश्वभर प्रत्यक्ष असर देखिइसकेकाले बेलैमाथपक्षतिकमगर्ने विकल्पको पहिचानगर्न जरुरी छ । तर नेपालमा त्यस्तो कुनै तयारी थालिएको छैन । स्रोतकाअनुसार स्वास्थ्यतथा जनसंख्यामन्त्रालयबाहेक अरु मन्त्रालयपर्यटन वर्षलाई बिथोल्न नहुने पक्षमा देखिएका छन् ।

केहीदिन अघि पर्यटन मन्त्री योगेश भट्टराईले नेपालकोरोनाभाइरस मुक्त देश भएको अभिव्यक्ति दिएका छन् । हिजो मात्रै विश्वस्वास्थ्य संगठनले पत्रकार सम्मेलन गरी प्रत्येक देश पहिलो केस कोरोना कालागितयार हुनुपर्ने बताएको छ । संगठनले कुनै पनिमुलुकले कोरोनाभित्रिदैन भनेर चुपलागेर बसेमागम्भीर गल्तीहुने जनाएको छ। हेल्थआवाजबाट

सम्बन्धित शिर्षक :